The first website dedicated to the people of clean and green city Hetauda.
राशिफल

आजको राशिफल


राशिफल पटक पढिएको


आजको राशिफल

२०७४ भाद्र ११ आइतवार, हेटौंडा । वि.सं. २०७४ साल भदौ ११ गते। आइतबार। इश्वी सन् २०१७ अगस्ट २७ तारिख। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २३:१२ बजेउप्रान्त सप्तमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्याहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। योजना सुरु गर्न केही समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। सन्तान र अनुयायीको सहयोग महत्वपूर्ण रहनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। धैर्यसाथ गरिएको व्यवहारले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। बोलीको प्रभावले नयाँ काम प्रारम्भ हुने सम्भावना छ। प्रयत्न गर्दा सामूहिक कामको नेतृत्व लिन सफल भइनेछ। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत गुम्न सक्छ। आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा खर्चानुपर्ला। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। परिस्थितिले निष्क्रिय बनाउला। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सम्पादन गर्न सकिनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आजको राशिफल - 2017-08-27

२०७४ भाद्र ११ आइतवार, हेटौंडा ।वि.सं. २०७४ साल भदौ ११ गते। आइतबार। इश्वी सन् २०१७ अगस्ट २७ तारिख। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २३:१२ बजेउप्रान्त सप्तमी।

आजको राशिफल - 2017-08-15

श्रावन ३१ मंगलवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन ३१ गते। मंगलबार। इश्वी सन् २०१७ अगस्ट १५ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– अष्टमी, १५:३६ बजेउप्रान्त नवमी।

आजको राशिफल - 2017-08-14

श्रावन ३० सोमबार, हेटौंडा ।वि.सं. २०७४ साल साउन ३० गते। सोमबार। इश्वी सन् २०१७ अगस्ट १४ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– सप्तमी, १७:४८ बजेउप्रान्त अष्टमी।

आजको राशिफल - 2017-08-11

श्रावन २७ शुक्रवार, हेटौंडा । वि.सं. २०७४ साल साउन २७ गते। शुक्रबार। इश्वी सन् २०१७ अगस्ट ११ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्थी, २२:४२ बजेउप्रान्त पञ्चमी।

आजको राशिफल - 2017-08-10

श्रावन २६ बिहीवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २६ गते। बिहीबार। इश्वी सन् २०१७ अगस्ट १० तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, २३:३३ बजेउप्रान्त चतुर्थी।

आजको राशिफल - 2017-08-09

श्रावन २५ बुधवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २५ गते। बुधबार। इश्वी सन् २०१७ अगस्ट ९ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, २३:५५ बजेउप्रान्त तृतीया।

आजको राशिफल - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २४ गते। मंगलबार। इश्वी सन् २०१७ अगस्ट ८ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– प्रतिपदा, २३:४७ बजेउप्रान्त द्वितीया।

आजको राशिफल - 2017-08-07

श्रावन २३ सोमबार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २३ गते। सोमबार। इश्वी सन् २०१७ अगस्ट ७ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– पूर्णिमा, २३:०८ बजेउप्रान्त प्रतिपदा।

आजको राशिफल - 2017-08-06

श्रावन २२ आइतवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २२ गते। आइतबार। इश्वी सन् २०१७ अगस्ट ६ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:०१ बजेउप्रान्त पूर्णिमा।

आजको राशिफल - 2017-08-04

श्रावन २० शुक्रवार, हेटौंडा ।वि.सं. २०७४ साल साउन २० गते। शुक्रबार। इश्वी सन् २०१७ अगस्ट ४ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, १८:३९ बजेउप्रान्त त्रयोदशी।

1 2 3 4 5 6 7 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12897486 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top