Hetauda Online - स्थानीय चुनाव लड्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ न्युनतम योग्यता
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

पुनः मतगणनाको माग गर्दै ६ विपक्षको नाममा उजुरी


स्थानीय समाचार पटक पढिएको


पुनः मतगणनाको माग गर्दै  ६ विपक्षको नाममा उजुरी

हेटौंडा अनलाईन राक्सिराङ गाउँपालिका वडा नं.६ मा रहेको दुईवटा मतदान केन्द्रमा खसेको जम्मा ९४७ मत निर्वाचन अधिकृतको कार्यालय राक्सिराङ चैनपुरमा पु¥याएर गणना गर्दा ८६३ मत मात्र भेटिएपछि फरक परेको ८४ मतको खोजी हुँदा निर्वाचन अधिकृतले वास्ता नगरेपछि उच्च अदालत पाटन, हेटौडा इजलासमा आज ६ विपक्षीको नाममा उजुरी परेको छ ।

६ नं. वडामा रहेको गा.वि.स. भवन राक्सिराङ मतदान केन्द्रमा ३१२ र राष्ट्रिय मा.वि.सिलिङ्गेमा ६३५ मत खसेको थियो । मतगणना सकिएर जेठ ४ गते नेकपा (एमाले)बाट वडा अध्यक्षमा सिंगलाल प्रजा ३२० मत प्राप्त गरी विजयी भइसकेका छन् । उजुरी पत्रमा उल्लेख भएअनुसार जम्मा खसेको मत र गणना भएको मतबाट फरक परेको ८४ मत बिनानै वडा अध्यक्ष विजयी भएपछि नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्षका उम्मेदवार सेतुलाल प्रजाले पुन मतगणना गरी पाउ भन्दै उजुरी दिएका हुन् । उजुरीकर्ता सेतुलाल प्रजाले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यलय, मकवानपुर हेटौडा, निर्वाचन अधिकृत कार्यालय राक्सिराङ गाउँपालिका चैनपुर, निर्वाचन अधिकृत, सोही वडाको दुबै मतदान केन्द्रका निर्वाचन अधिकृत र एमालेबाट विजयी वडा अध्यक्ष सिंलाल प्रजालार्ई विपक्षी बनाएर उजुरी दिएका छन् । 

“वेरितसँग गरिएको मत गरणना कार्य वदर गरी पुनः दोहो¥याई मतगणना गरीपाउँ” भन्दै आफूले उजुरी दिएको सेतुलाल प्रजाले बताए । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ ले पुनः मतगणना गर्न पाउने व्यवस्था गरेकोले आफूले उजुरी दिएको उनको भनाई छ । सो वडामा दुई मतदान केन्द्रमा खसेको जम्मा मत ९४७ मा एमालेले ३२०, नेकपा (माओवादी केन्द्र) ले ३१५, नेपाली कांग्रेसले १३०, जनजागरण पार्टीले ८८, राप्रपाले ३ मत प्राप्त गरेका थिए भने बदर मत ७ रहेको थियो । 

उजुरी पश्चात न्यायधिस बाबुराम रेग्मीको इजलासले विपक्षको नाममा ७ दिने म्याद जारी गर्दै आफै वा आफ्नो प्रतिनिधि मार्फत लिखित जवाफ माग गरेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पुनः मतगणनाको माग गर्दै ६ विपक्षको नाममा उजुरी - 2017-05-24

हेटौंडा अनलाईनराक्सिराङ गाउँपालिका वडा नं.६ मा रहेको दुईवटा मतदान केन्द्रमा खसेको जम्मा ९४७ मत निर्वाचन अधिकृतको कार्यालय राक्सिराङ चैनपुरमा पु¥याएर गणना गर्दा ८६३ मत मात्र भेटिएपछि फरक परेको ८४ मतको खोजी हुँदा निर्वाचन अधिकृतले वास्ता नगरेपछि उच्च अदालत पाटन, हेटौडा इजलासमा आज ६ विपक्षीको नाममा उजुरी परेको छ ।

मसिनेमा वडाध्यक्षलाई स्वागत - 2017-05-24

हेटौंडा अनलाईनहेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले नवनिर्वाचित जनप्रतिनिधिलाई बुधबार विद्यालयमा स्वागत तथा सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले मनहरी गाउँपालिका–४ (साबिक हाँडीखोला–७) का वडाध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अन्तिम वडाको मत गणना सुरु २०० को अपडेट - 2017-05-24

हेटौडा अनलाईन स्थानीय निर्वाचन २०७४, हेटौडा उपमहानगरपालिकाको मतगणना आज अन्तिमदिन बहुप्रतिक्षित वडा, अर्थात् वडा नम्बर ११ जसकोको मतगणनाकार्य भखरै सुरु भएको छ । अहिले हेटौडा उपमहानगरपालिकामा अन्तर्गत १९ वटा वडाहरु रहेका छन् ।

हेटौंडा ९ मा एमाले प्यानलनै बिजयी - 2017-05-24

हेटौडा अनलाईन हेटौडा उपमहानगरपालिका वडा न. ९ को मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सम्पन्न भए भए संगै वडा नं ९ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट लक्ष्मण प्रसाद भण्डारी बिजयी हुनुभएको हो ।

हेटौडा १० मा एमाले को प्यानल नै बिजयी - 2017-05-23

हेटौडा अनलाईन हेटौडा १० मा नेकपा एमालेको प्यानल सहित बिजयी भएको छ

हेटौडा उपमहानगरपालिकाको ९ र १० को पछिल्लो अपडेट - 2017-05-23

हेटौडा अनलाईन हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को अहिले सम्म ९०० मत गणना भएको छ । पछिल्लो अपडेट अनुसार कस्को कतिमत परिणाम हेर्नुहोस

हेटौडा १२ मा ललित घलान दुई सदस्य सहित बिजयी - 2017-05-23

हेटौंडा अनलाईनहेटौडा १२ मा ललित घलान दुई सदस्य सहित बिजयी हुनुभएको छ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को मत गणना सम्पन्न भएकोलगतै ।

हेटौडा उपमहानगरपालिकाको १० र १२ को पछिल्लो अपडेट - 2017-05-23

हेटौडा अनलाईन हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को अहिले सम्म ३ हजार मत गणना भएको छ ।

थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न - 2017-05-22

हेटौडा अनलाईन मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आनन्दराम र हरिबहादुर बिच ठुलो अन्तर छैन - 2017-05-22

हेटौंडा अनलाईननगरमा मतपरिणाम आउनेक्रम जारी अहिलेसम्म १३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मत परिणममा अहिलेसम्म नेपाली काँग्रेस र माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली र नेकपा एमालेका हरिबहादुर महतको मत अन्तर धेरै फरक भने छैन ।

1 2 3 4 5 6 7 8 NEXT

लोकप्रिय



12814648 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top