Hetauda Online - किसानलाई व्यवसायि बनाउन अनुदान
The first website dedicated to the people of clean and green city Hetauda.
कृषि समाचार

नवलपरासीमा कृषकको केरा खेतीमा आकर्षण बढ्यो: उखुभन्दा केरा राम्रो


कृषि समाचार पटक पढिएको


नवलपरासीमा कृषकको केरा खेतीमा आकर्षण बढ्यो: उखुभन्दा केरा राम्रो

श्रावन १६ सोमबार, नवलपरासी। नवलपरासीका कृषकमाझ पछिल्लो समय केरा खेतीतर्फ आकर्षण बढ्यो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।

किसानहरुका लागि केरा खेती नगदेबाली र मुख्य आम्दानीको श्रोतको रुपमा स्थापित हुदै गएपछि यस क्षेत्रका किसानहरु केरा खेती तर्फ आकर्षित हुदै गएका हुन ।

केरा खेती गत वर्ष जिल्लामा ७ सय ५० हेक्टेयर क्षेत्रफमा भई जिल्लामा कुल १२ हजार २ सय ५० मेट्रिक टन केरा उत्पादन भएको थियो । गत वर्षको तुल्नामा यसवर्ष केरा खेतीमा किसानहरुको बढदो आकर्षणले केरा खेतीमा ४० हेक्टेयर क्षेत्रफल बढी कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा खेती भएको छ । यस खेतीले जिल्लामा करिब १४ हजार मेट्रिक टन केरा उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु गुठीपर्साैनी, पक्लिहवा, जमुनिया, गुठीसुर्यपुरा, कुडिया, र भित्री मधेशका कावासोती, नारायणी, चोरमारा लगायतका ठाउँहरु केराको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेतीहरु गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत बालगोविन्द त्रिपाठीले बताउनु भयो । ....बाईट....

केरा खेती नगदेबाली र लाभदायक भएकै कारण गण्डक क्षेत्रका किसानहरु उखु खेती छाडी वर्षेनी १५ देखि २० प्रतिशतले केरामा आकर्षित हुदै गएका छन् । उखुको भुक्तान र उचित मुल्यको समस्याले यस क्षेत्रका किसानहरु व्यवसायिक केरा खेतीमा आकर्षित हुदै गई  प्रति हेक्टेयर १६ मेट्रिक टन केरा उत्पादन गरिरहेका छन् । सरकारले केराका लागि बिमा निती, बजार व्यवस्थापन, उचित सिंचाईको सुविधा, बिउबिजन, मलखाद, किटनाशक, अनुदान, प्राविधिक परामर्श, र भारतीय केरा नेपाली बजारमा रोक लगाउन किसानका लागि अति आवश्यक रहेको केरा उत्पादक कृषक समितिका अध्यक्ष उत्रि चन्दले बताउनु भयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नवलपरासीमा कृषकको केरा खेतीमा आकर्षण बढ्यो: उखुभन्दा केरा राम्रो - 2017-07-31

श्रावन १६ सोमबार, नवलपरासी। नवलपरासीका कृषकमाझ पछिल्लो समय केरा खेतीतर्फ आकर्षण बढ्यो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् ।

दैनिक २० हजार लि. दुध उत्पादन गर्दै बाराका किसान - 2017-07-23

श्रावन ०८ आइतवार, बारा । बारामा दुध उत्पादनको अवस्था प्रगति उन्मुख रहेको दुग्ध उत्पादक सहकारी संघ बाराले जनाएको छ । संघका अध्यक्ष दिलबहादुर तामाङका अनुसार बारामा दैनिक २० हजार लि.सम्म दुध उत्पादन हुने गरेको छ ।

पावसमा स्वास्थ्य शिवीर तथा भुकम्प पिडीत पशुपालकलाई राहत वितरण - 2017-07-19

श्रावन ०४ बुधवार, बकैया ।जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नं ५ पावसमा कृषकहरुलाई पशु शिवीर सहित औषधि वितरण गरेको हो ।

दैनिक पाँच लाख लिटर दुध उत्पादन - 2017-07-18

श्रावन ०३ मंगलवार, बनेपा । मुलुकमै दुध उत्पादनका लागि पहिलो जिल्लाका रुपमा चिनिदै आएको काभ्रेका किसानले प्रति लिटर एक रुपैया अनुदान पाएका छन् । दुध उत्पादन बृद्धि गर्ने लक्ष्यका साथ सरकारले किसानलाई अनुदान दिने भएको हो ।

धानखेती गर्ने किसानलाई प्रोत्साहन भत्ता: बीउ तथा कृषि औजारमा सुविधा - 2017-07-16

श्रावन ०१ आइतवार, बारा । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् ।

कृषि तथा पशुपन्छी बिमा: बक्यौता २५ करोड पुग्ने - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । चालू आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा कृषि तथा पशुपन्छी बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम २५ करोड पुग्ने भएको छ ।

गाउँगाउँमा प्रबिधि भित्रँदै (फोटो फिचर) - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा थ्रेसरको प्रयोग गरी धान भित्राउँदै किसान । ग्रामीण क्षेत्रका युवा बैदेशिक रोजगारीमा गएपछि प्रबिधिको प्रयोग बढ्दै गएको हो ।

पुगेन सरकारको नजर बाराको व्यवसायीक बाख्रा फार्म तिर - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । अहिले देशका दक्षशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम दिनानुदिन बढ्दो छ । तर बाराका केहि युवा मिलेर गाउँमा बाख्रा फार्म संचालन गरेको देख्दा सबैमा एक प्रकरको जोस आउंछ ।

मकैको उत्पादन घट्यो बजारमा मूल्य स्थिर - 2017-06-17

आषाढ ०३ शनिवार, बारा । नगदेबालिकोरुपमा उत्पादन हुनेगरेको मकैको उत्पादनमा यसबर्ष कमि आएपनि किससानहरुले उचित मुल्य पाएका छैनन ।

कृषि तथा पशुपंक्षी विकासमा ४० अर्बको बजेट - 2017-05-31

जेष्ठ १७ बुधवार, काठमाडौं ।स्थानीय तहमा कृषि तथा पशुपंक्षी विकासको संरचनाको टुंगो नलागे पनि बजेट निर्माण भने रोकिएको छैन । आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संयुक्त वार्षिक बजेट ४० अर्ब रूपैयाँ नाघ्ने निश्चित भएको छ ।

1 2 NEXT

लोकप्रिय



12814651 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top