The first website dedicated to the people of clean and green city Hetauda.
logo
फोटो फिचर

फोटो फिचर: रामग्राम नगरपालिकाद्धारा राहत बितरण



फोटो फिचर   314 पटक पढिएको   रबिन्द्र यादव     

श्रावन २२ आइतवार, नवलपरासी । नवलपरासीमा वाढी प्रभावीत समुदायलाई रामग्राम नगरपालिकाले राहत सामाग्री वितरण गरेको छ । रामग्राम नगरपालिका क्षेत्रभित्र बाढी बाट प्रभावीत समुदायहरुलाई चामल, दाल, नुन लगायतका खाद्यन्न सामाग्री राहत स्वरुप प्रदान गरिएको नगर प्रमुख-(मेयर) नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

फोटो फिचर: रामग्राम नगरपालिकाद्धारा राहत बितरण

नगर क्षेत्रका बाढी प्रभावीतहरुलाई  तत्कालै राहत सामाग्री बितरण गर्दै नगर प्रमुख गुप्ताले निर्देशन दिएपछि सम्बन्धी वडा कार्यालय मार्फत राहत सामाग्री बितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो  ।

यसैगरी आजै रामग्राम नगरपालिका वडा न. १२ का बाढी प्रभावीतहरुलाई पनि राहत सामाग्री वितरण गरिएको छ  । वडा अध्यक्ष भगवन्तलाल गुप्ता , वडा सदस्य एवंम् पुर्व नगर उपप्रमुख( उपमेयर ) शिव शंकर प्रसाद राय  , वडा सदस्यहरु  चन्दा देवी चौधरी , रामनन्द यादव  , ज्ञान  कुमारी  चौधरी लगायतले बाढी प्रभावीत समुदायलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो  ।

यसैबिच आजै नवलपरासीको बिकट ग्रामीण क्षेत्रहरुमा पनि बाढी प्रभावीत घर समुदायहरुलाई राहत सामाग्री बितरण गरिएको हो  । नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी बाट प्रभावीत समुदायहरूलाई राहत सामग्री बितरण गरिएको छ । सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारहरूलाई सामुहिक खाना साथै खाध्धान सामग्री चामल, दाल, चाउचाऊ,चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डी.यम.ए. नेपालको. संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भएका छ । बढी बाट प्रभावितहरूको सहयोगका लागी सुदामा कोईरीको संयोजकत्वमा सहित ११ सदस्यीय राहत वितरण  तथा उद्दार समिति गठन गरिएको छ ।

सुस्ता गाउपालिका वडा नं.३ सेखुअनवा स्थित रयपुरवा खोलाको पानीको बाहाव बढि भएको हुदा खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटेर सेखुवानवा  लगायत  प्रतापपुर गाउपालिका वडा नं ८ फटकी टोलामा करिब १०५ घरहरु डुवानमा परेको थियो र करिब ४ सय मानिसहरु प्रभावित भएको बिपद ब्यवस्थापन समितिकासदस्य युवराज मौर्याले जानकारी दिनु भयो ।

बाढीबाट नवलपरासीको सदमुकाम परासी बजार सहित सरावल , पाल्हीनन्दन  , प्रतापपुर र सुस्ता गाउ‘पालिकामा गरी करिब ३ हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावीत बनेका थिए  ।








सम्बन्धित शिर्षक समाचारहरु


फोटो फिचर: रामग्राम नगरपालिकाद्धारा राहत बितरण - 2017-08-06

श्रावन २२ आइतवार, नवलपरासी । नवलपरासीमा वाढी प्रभावीत समुदायलाई रामग्राम नगरपालिकाले राहत सामाग्री वितरण गरेको छ । रामग्राम नगरपालिका क्षेत्रभित्र बाढी बाट प्रभावीत समुदायहरुलाई चामल, दाल, नुन लगायतका खाद्यन्न सामाग्री राहत स्वरुप प्रदान गरिएको नगर प्रमुख-(मेयर) नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13220315   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top