Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बागमतीमा ता.रा.मु.मोर्चाको प्रथम भेला सम्पन्न : नयाँ कार्यसमिती चयन


स्थानीय समाचार पटक पढिएको


बागमतीमा ता.रा.मु.मोर्चाको प्रथम भेला सम्पन्न : नयाँ कार्यसमिती चयन


असोज ३० सोमबार, मकवानपुर नेकपा माओवादी केन्द्रको भातृसंगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती गाउपालिका मकवानपुरको प्रथम भेलाले राकेश गोलेको अध्यक्षतामा २७ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ ।
आज फापरवारीमा सम्पन्न भेलाले उपाध्यक्षमा अशोक न्यासुर, सचिवमा गणेश पाख्रिन, सहसचिवमा सन्देश गोले र कोषाध्यक्षमा डोल्मा भोलनलाई चयन गरेको हो । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता तथा मोर्चाका जिल्ला फ्याक्सन ईन्चार्ज कमानसिं पाख्रिन पृथकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला संयोजक पुलामीले पहिचानका निम्ति सबै जनजाती एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य ज्ञानसागर लामा, बागमती गाउपालिका ३ नम्बर वडाध्यक्ष बाबुलाल पाख्रिन, ६ नंम्बर वडाध्यक्ष धुब्र थापाको आतिथ्यता रहेको थियो । मोर्चाको केन्द्रिय आयोजक समिती सदस्य जयबहादुर वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा छेवाङ स्याङतानले स्वागत मन्तव्य राख्नुभएको थियो ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बागमतीमा ता.रा.मु.मोर्चाको प्रथम भेला सम्पन्न : नयाँ कार्यसमिती चयन - 2017-10-16

असोज ३० सोमबार, मकवानपुर नेकपा माओवादी केन्द्रको भातृसंगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती गाउपालिका मकवानपुरको प्रथम भेलाले राकेश गोलेको अध्यक्षतामा २७ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ ।

हेटौंडा १५ को महिला संघमा लामा - 2017-10-14

२०७४ असोज २८ शनिवार, नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मिना लामा चयन हुनुभएको छ । नेपाल महिला संघ साविक हेटौंडा १८ की अध्यक्ष दुर्गा ढकालको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शनिवार दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा महिला संघको भेला भएको थियो ।

आमभञ्ज्याङ्गको महिला कल्याणको साधारण सभा सम्पन्न - 2017-10-14

२०७४ असोज २८ शनिवार, हेटौंडा । मकवानपुर गढी गाउँपालिका–५, आमभञ्ज्याङ्गको महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष सुलोचना स्याङ्गतानको सभाध्यक्षतामा भएको थियो ।

निकको रजतबर्ष १० हजार केभिएको ट्रान्सफर्मर हेटौंडामै बनाउने - 2017-10-14

असोज २८ शनिवार,हेटौडा । विद्युतीय उपकरण ट्रान्सफर्मर उत्पादन गर्ने नेपाल ईकारात ईन्जिनियरिङ प्रा.लिले रजतबर्ष मनाएको छ । सन १९९२ देखि व्यवसायिक उत्पादन सुरु गरेको निकको व्यावसायिक सफलताको कारण हालसम्म मजदुर आन्दोलनका कारण उद्योगमा ताला लगाउनु पर्ने अवस्था सृजना नभएको सबैले खुशी व्यक्त गरेका छन् ।

गोगनेमा रोकियो बालविवाह रित्तै फर्किए जन्ती, खेर गयो भोज - 2017-10-10

असोज २४ मंगलवार, हेटौंडा । मकवानपुर केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ् (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो ।

ब्रिकेट ब्वायज विजयी - 2017-10-09

जेष्ठ १७ बुधवार, हेटौंडा । इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको ‘बिजया दश मी कप’ फुटबल प्रतियोगिता ब्रिकेट ब्वायज क्लबले जितेको छ । आईतबार भएको फाईनल खेलमा सल्ले सुकौरा क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको छ ।

आम्दानीको राम्रो स्रोत बन्दै बोयर बाख्रा - 2017-10-05

असोज १९ बिहीवार, मकवानपुर युवाको निम्ति उदाहरण बन्दै व्यवसायको नयाँ बाटोको खोजीमा हिडेका हेटौंडाका दुई जना युवाले दुई करोड रुपैयाँ भन्दा बढी लगानी गरेर साउथ अफ्रिकन बाख्रापालन सुरु गरेका छन् ।

मा.के. मकवानपुरले उम्मेदवारी सिफारिस टुंगो लगायो - 2017-10-05

असोज १९ बिहीवार, मकवानपुर नेकपा माओवादी केन्द्र मकवानपुरले आगामि प्रतिनिधि सभा र प्रदेश सभाको लागि उमेदवार सिफारिस टुङ्गो लगाएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर एकबाट प्रत्क्ष्यतर्फको रामनारायण बिडारी तथा क्षेत्र नम्बर दुईबाट कुमारी मोक्तानलार्इ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

मकवानपुर दुई नम्बरबाट बिडारी चुनाव लड्ने - 2017-09-25

असोज ०९ सोमबार, मकवानपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

लोकप्रिय



12814640 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top