Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

अतितको स्मरणमा आजको दशैं


विचार/दृष्टिकोण पटक पढिएको जयदेश श्रेष्ठ


अतितको स्मरणमा आजको दशैं


असोज ०९ सोमबार, हेटौंडा । परापुर्व कालदेखि धार्मिक पराम्परा आस्थाका कारण मनाउदै आएको दशैं अहिले आएर निकै परिवर्तन आएको छ । आर्थिक कारणले दशैंमा धान भित्र्याउनु पर्ने चटारो सबै कूषकहरुलाई असारको रोपाईको लागी हुने गर्दथ्यो । दशैंको लागी भनेर महिनौ अगाडी देखी हरेक सर सामानहरुको जोगो र तयारी गर्नु पर्ने त्यो बेलाको समय अहिले आएर आकाश जमिनको फरक भएको छ ।

 सायद त्यो बेलामा बालपन भएर हो की हामीले भोगेको देखेको त्यो बेलाको दशैं सम्झदा पनि खुसी लाग्छ । गाउँ घर शहरमा सबैको घरमा कमेरो माटोले लिपेर रंङ्ग रोगन गर्थे । घरको भुई र बाहिर रातोमाटोले घर पोत्ने चटारो हुन्थो । सबैको घर घरमा दसैलाई भन्दै साँचेर राखेको काक्रो थाङ्ग्रा मै पाकेर पट्पटी फुट्थ्यो । रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो । दशैंलाई भन्दै टेको लगाएर राखेको केरा बोटहरुले दसैलाई कुरेर बसेको आभास हुन्थ्यो । जता जतै आँगन देखी बारीको काङ्लामा सयपत्री, गोदावरी, मखमली फुलहरू फुलेका हुन्थे । चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे । गाउँ घरका कुवा पधेरो बाटोघाटो सरसफाइमा जुटिन्थो । दसैको अवसरमा नाटक मञ्चन, सास्कूतिक कार्यक्रम देखी जिल्ला ब्यापी वडा ब्यापी फुटबल प्रतियोगिता अन्य धेरै कार्यक्रमहरु दसै तिहारमा हुने गर्थो । लगुर बुर्जा थापेर सब सिङ्गल भन्दै सबै पैसा सोर्नु कम्ता मजा आउथ्यो र । दशैंलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्न ढिकीजातोमा मिल घट्टमा भ्याइ नभ्याइ हुन्थो । सबैका घर घरमा एउटा न एउटा दशैको लागी भनेर खसी बोका कुखुरा साँचेका हुन्थे । भोज भतेरमा मस्त हुने नेवार, तामाङ आदिले राँगा ढालेर मासु भागबन्दी लगाउन्थे । घाममा सुकाएको मासुको गन्धले महिनौ भरी सताउन्थ्यो । निधार भरी टिका लगाएर गाला भरी अबिर दलेर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो । पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कति हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो । तर खै त अहिले त्यो दसैँ ? नवरात्री भर बिहान झिसमिसेमा उठेर सबै मठ मन्दिर घुमेका हुन्थ्यौ । पाटी पौवा सतल कुना काप्चामा साथी भाइ छिमेकीहरु तास खेलेर मनोरञ्जन गर्थे । कोही जाँड रक्सीले मातेर नागबेली हुँदै बाटो नाप्दै हिडथे । आँहा त्यो बेलाको दशैं, उफ्स् ! संम्झदा पनी कति खुसी लाग्छ । सधैँ निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात सँगै मासु पाक्दाको त्यो खुसी ! वर्ष दिन कुरेर बल्लबल्ल नयाँ लुगा लगाउन पाउदाको त्यो समय ! अभावमा बाँचेको समयमा वर्षको एक पटक भए पनि सबै नेपाली हिन्दु जनले श्रूण सापटीबाट वा मागेर भए पनि दशैं मनाउने चलन थियो । 

अहिले परिवर्तनको नाममा हामी धेरै फरक भयौ । समय सँग हामी बदलियौ । तर पनि हामी आत्मनिर्भर कुनैमा पनि हुन सकेनौ । अझै पनि हामीले दशैको लागी तिब्बत बाट भेडा च्याङ्ग्रा मगाउने, भारत बाट लुगाफाटा भित्र्याउने चलन बाट नुन देखी सुन सम्म विदेशको भर पर्ने हामीले अब फलफुल , फुलमालामा समेत निर्यात गर्ने अनि खसी बोकाको देखी अनेक थरीका मासुका साथै रक्सी पेय पदार्थ समेत युरोपका देशहरुबाट मगाएर दशैं धुमधामले मनाउने भएका हामी कति सौखिन छौ । 

कूषि प्रधान देश जमिन बाँझो छ । पौरखी युवाहरू बेरोजगार छन् । केही काम गरौँ भन्नेहरु देशमा उधोग धन्दा व्यापार व्यवसाय आदी काम गर्न राम्रो वातावरण नभएर विदेश पलाएन भएका छन् । विदेशबाट पठाएको रेमिटान्सले देश धानेको छ । दैनिक रूपमा बाकसमा बन्द भएर नेपालीको लास सँग सरकारको कुनै सम्बन्ध छैन । नेपाली चेलीबेटी परिवारहरू बिदेशीएका आफ्नो मान्छेले दशैको लागी चाहिने खर्चबर्च पठाई दिएर दशैं मान्ने सोचमा छन् । कर्मचारी बर्गहरु तलबका साथै दशैंखर्च अन्य सुविधामा दशैं मनाउन्छन् । व्यापार ब्यवसायीहरु मौका मा चौका हानेर दशैं मनाउन्छन् । राजनीतिक कर्मी नेता मन्त्री माननियहरु आफ्ना कार्यकर्ता सम्म खर्चबर्च पुर्याएर दशैं धुमधामले मनाउने सोचमा छन् । पैसाको नहुनेहरु जहाँ जसरी भए पनि सापटीमा मज्जाले दसैं मनाई रहेका छन् । आहा कति मज्जाको दशैं ! 

हुने खानेको लागी दशैं हो, नहुने दिन दुखी गरिवहरुको लागी दशैं दशा नै हो । अरूको रमाइलो रमिता हेरेर चित्त बुझाउनु पर्ने भएको हुँदा समाजमा धनी गरिबको खाडल , सामाजिक, आर्थिक, धार्मिक बिकूतीको रूपमा फैलिएको सामाजिक परिवेशमा यस समयमा निकै होसियारी अपनाउनु पर्ने सतर्कता अनाउनु पर्ने हुन्छ । चोरी चकारी हत्या लुट गरेर मनोरन्जन मूलक जुवातासमा ब्यरोजगारी र गरिबीहरु लागेर पछि तिनै मानिस खुखार अपराधी बन्ने गर्दछ ।

नेपालीहरूको महान् चाड दसैँमा पारिवारिक मिलन, धार्मिक आस्थामा सबैको आर्थिक उन्नति, सामाजिक सुधार, सबैमा सु स्वास्थको कामना गर्दै देवी भगवती दुर्गा माताको पूजा पाठ गरेर मनाउने गर्दछौ । यस वर्षको दशैं पनि समस्त नेपाली जन समुदायमा खुसी र भरोसामा एक अर्कामा सुमधुर समन्ध राखेर हामी र हाम्रो लागी सबै नेपालीहरू जहाँ रहे पनि महान् चाड दशैंमा खुसी रहन सकोस् । माता दुर्गा भवानीले समस्त नेपाल र नेपालीहरुमा दूष्ट्री पुर्‍याउन सकोस् । असुर दैत्यलाई बध गरे जसरी नै नेपाल र नेपालीहरूको नराम्रो पक्षलाई अंन्त्य गरी देश विकास र नेपालको समुन्नतीमा ध्यान दिन सकियोस् भनेर दुर्गा माता समक्ष कोटी कोटी नमन् ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अतितको स्मरणमा आजको दशैं - 2017-09-25

असोज ०९ सोमबार, हेटौंडा । परापुर्व कालदेखि धार्मिक पराम्परा आस्थाका कारण मनाउदै आएको दशैं अहिले आएर निकै परिवर्तन आएको छ । आर्थिक कारणले दशैंमा धान भित्र्याउनु पर्ने चटारो सबै कूषकहरुलाई असारको रोपाईको लागी हुने गर्दथ्यो । दशैंको लागी भनेर महिनौ अगाडी देखी हरेक सर सामानहरुको जोगो र तयारी गर्नु पर्ने त्यो बेलाको समय अहिले आएर आकाश जमिनको फरक भएको छ ।

गिद्ध संरक्षणः अबको बाटो - 2017-09-03

२०७४ भाद्र १९ सोमबार, हेटौडा । संकटमा रहेको गिद्धलाई प्रकृतिको कुचिकार पनि भन्ने चलन छ । यो पक्षि मरेका गाईबस्तु, जानावरको सिनो खाई बाँच्ने गर्दछ । गिद्ध फोहर, दुर्गन्धित बस्तुहरुलाई आफ्नो आहार बनाई वातावरणलाई स्वच्छ एवं सन्तुलन गर्नुको साथै गिद्धले महामारी हैजा, प्लेग, झाडापखाला, रेबिज, एन्थ्राकस आदी जस्ता महामारी फैलन रोक्ने भुमिका खेल्दछ ।

आलेख: सामाजिक मनोविज्ञानमा आदर - 2017-08-25

भाद्र ०९ शुक्रवार, हेटौंडा । नेपाली भाषामा आदरार्थीको प्रयोग निम्न, मध्यम, उच्च र अतिउच्च गरी चार प्रकारको पाइन्छ । व्याकरणले जस्तै आदरले पनि व्याकरणात्मक कोटि दर्शाउँछ । आदर विशेषतः स्रोता र अन्य सन्दर्भमा व्यक्त हुने भाषा कारोवारको विषय हो । यो मानवीय सन्दर्भमा बहुवचन वा संयुक्त क्रियाका आधारमा व्यक्त गरिन्छ ।

आलेख: मधेश मामिलामा वर्ग, क्षेत्र र जात - 2017-08-22

भाद्र ०६ मंगलवार, हेटौंडा । यतिखेरको मुख्य समस्या भनेको जातीयभन्दा पनि वर्गीय हो। आर्थिक रूपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु प्रमुख आवश्यकता हो।

माटो संरक्षणको अपरिहार्यता - 2017-08-11

श्रावन २७ शुक्रवार, हेटौंडा । माटो हाम्रो जीवन पद्धति र जीविकासंग जोडिएको प्राकृतिक स्रोत हो । प्रकृतिमा एक अंगुल माटो बन्न चार सय वर्ष भन्दा बढी समय लाग्दछ । यस्तो दुर्लभ र पुनर्नवीकरण गर्न धेरै समय लाग्ने माटो प्राकृतिक कारण वा मानव सिर्जित कारणबाट बगेर खेर गइरहेको छ ।

डा. केसीको सत्याग्रह र मौन सरकार - 2017-08-09

श्रावन २५ बुधवार,हेटौंडा । ढुक्क भएर जनताले स्वस्थ्य सुबिधा लिन पाउनुपर्ने, चिकित्सा शिक्षा र स्वस्थ्य क्षेत्रको सुधार हुनुपर्ने लगायत अडानका साथ ७ बुँदे माग राखी डा. गोबिन्द केसी ११औं पटक आमरण अनसन बसेको आज १५ दिन भैसकेको छ ।

समायोजनको कुराः वियरको बोतलमा हुस्कीको लेयर झैं - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । राज्ययले शिक्षामा गरेको लगानी अनुरुपका प्रतिफलहरु नआईरहेका अवस्थामा दातृ निकायलाई आस्वस्त पार्न चालेको नयाँ कदमका रुपमा लेटर ग्रेडिङलाई लिन सकिन्छ । नेपालमा यो एउटा नयाँ अभ्यासको सुरुवातका रुपमा मानिए तापनि अन्य देशको तुलनामा यो कुनै नयाँ र नौलो भने अवस्य पनि होईन । विषयगत रुपमा विद्यार्थीको सिकाइ उपलब्धीलाई मूल्यांकन गरि ग्रेडिङ गरिन्छ ।

स्थानीय तहको निर्वाचन र नेपाली मतदाताको मनोविज्ञान - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । आजको विश्व राजनीतिमा लोकतन्त्रको निकै महत्वपूर्ण स्थान छ । लोकतान्त्रिक शैलीको शासन व्यवस्थामा जनताको मतको भूमिका सर्वोपरि हुन्छ । त्यसैले जनता शक्तिशाली मानिन्छन् । वास्तवमा निर्वाचन लोकतन्त्रको सर्वोत्तम सौन्दर्य हो ।

जीतपुरसिमराः समृद्ध महानगरका आधारहरु - 2017-08-07

श्रावन २३ सोमबार, हेटौंडा । मुलुकका एघार उपमहानगरपालिकाहरुमध्ये जीतपुरसिमरा अवसर र सम्भावनाका हिसावले सर्वाधिक महत्वको उपमहानगर हो । संयोग र सम्भावनाले उपमहानगर बनेको जीतपुरसिमरा उपलव्धि र प्रतिकुलतालाई व्यवस्थापन गर्नसके यहांका अवसर र सम्भावनाहरुले आगामी केही वर्षभित्रै समृद्ध महानगरको आधारशिला खडा गर्न सकिनेछ ।

1 2 3 4 5 NEXT

लोकप्रिय



12814643 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top