Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या


असोज ३० सोमबार परासी । परासी महेसपुर सडकमा निर्माणाधिन सामाग्रीको डम्ङ्गिले बाटो खुम्चिदै गएको समाचार पटक पटक बाहिर आईरहदा पनि प्रशासन र सम्बन्धित निकायले पटक्कै ध्यान दिएको छैन । बाटोका बिचोबिच भागबाट दुवै तर्फ ५० फिट जग्गा छोडि घर निर्माण गर्ने तथा सरसमान राख्ने मापदण्ड बनाइएपछि स्थानियहरु पुरै जग्गा मिच्दै बाटोको छेउछाउ समेत क्याप्चर गर्न थालेका छन् ।

जिल्लाको रामग्राम नगरपालिकाको बैरिहवाँ चाके, उजैनी चोक, पाल्हीनन्दनको बेलासपुर, कुश्मा पर्सिया, हरपुर र मेहसपुर नाकामा समेत यस्तो बाटो क्याप्चर गर्ने कार्य बढदै गएको छ । स्थानियहरु बाटोको छेउछाउमा निर्माण सामाग्री, गिट्टीबालुवा, ढुङ्गामिस्कट, पसल टंकी, फुतपाते पसल, कबाड, परालभुस, राख्ने कार्यले बाटो चुम्चिदै गएको छ । बाटो छेकिने गरि राखिएको सरसमानले सवारी साधन आवत जावत गर्न निकै कठिनाई भैरहेको चालकहरु बताउँछन् ।  


चालकहरु भन्छन् बाटो साँगुरिदै जाम हुन थालेको छ । विपरित दिशााट आउने सवारी साधनलाई साईड दिन कठिनाई भैरहेको छ । रातीको समयमा त गाडी राखिएका सरसमानमै ठोकिन पुग्ने सम्भावना बढदै गएको छ । यसरी  टु–लेनको सडकलाई स्थानियहरुले बाटोमा निर्माण सामाग्री तथा पसल थापेर १–लेनको बनाई दिए छन् । साँगुरो बाटोका कारण हामी दुर्घटनाको उच्च जोखिममा पर्न थालेको चालकहरु गुनासो गरे ।


यतिमात्र होईन पुर्वपश्चिम राजमार्ग, हुलाकी सडक, महेसपुर त्रिवेणी सडक, बर्दघाट त्रिवेणी सडक सहित विभिन्न भित्री सडकको हालयत पनि यहि छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पटक्कै नरहेको यात्रीले गुनासो गरे । साँगुरिदै गएको बाटोलाई सरसमान हटाई फराकिलो गराईदिन चालकहरु जिल्ला प्रशासन र सडक डिभिजन कार्यालय संग आग्रह गरेका छन् ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या - 2017-10-16

असोज ३० सोमबार परासी । परासी महेसपुर सडकमा निर्माणाधिन सामाग्रीको डम्ङ्गिले बाटो खुम्चिदै गएको समाचार पटक पटक बाहिर आईरहदा पनि प्रशासन र सम्बन्धित निकायले पटक्कै ध्यान दिएको छैन । बाटोका बिचोबिच भागबाट दुवै तर्फ ५० फिट जग्गा छोडि घर निर्माण गर्ने तथा सरसमान राख्ने मापदण्ड बनाइएपछि स्थानियहरु पुरै जग्गा मिच्दै बाटोको छेउछाउ समेत क्याप्चर गर्न थालेका छन् ।

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली - 2017-10-14

जेष्ठ २७ बुधवार, हेटौंडा । असोज २७ । दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ ।

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड - 2017-09-03

भाद्र १९ सोमबार, बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले विमानस्थल प्रभावित टाङ्गियाबासीको पक्षमा आफु अन्तिम समयसम्म लडिरहने बताउनुभएको छ ।

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण - 2017-08-31

२०७४ भाद्र १५ बिहीवार, बारा बाराको जितपुरसिमरा उपमहानगरपालीकामा ५५ हजार १ सय ५८ जना मतदाता रहेका छन् । जिल्ल निर्वाचन कार्यालय बाराले शार्वजनिक गरेको सुचि अनुसार यस उपमहानगरका २६ हजार १ सय ७ महिला र २९ हजार ५१ जना पुरुषले आसन्न स्थानिय तह तेश्रो चरणको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै - 2017-08-31

भाद्र १५ बिहीवार, नवलपरासी । नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन ।

महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश - 2017-08-29

भाद्र १३ मंगलवार, बारा । महिलाहरुको संयुक्त प्रयासले थालीएको साप्ताहिक पत्रिका प्रकाशित गर्ने प्रयासको आज एक बर्ष पुगेको छ । महिला सञ्चालक कमिटि, महिला कर्मचारीको संयुक्त लगनले सुरुवात गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आज आफ्नो पहिलो बार्षिकउत्सव मनाएको छ । गतबर्षदेखी प्रकाशनमा आएको यस पत्रिकाले बारा, पर्सामा बजार बिस्तार गरेको छ ।

जथाभावी संरचनाले बाढीको क्षति बढी - 2017-08-27

भाद्र १२ सोमबार, बारा । निजगढ नपा १३ भक्तलाल की ५५ बर्षिय सुकमायाँ घलान यतिबेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन । अविरल बर्षापछि गत हप्ता गाउँ नजिकैको पानीसरा खोल्छीको खहरेले कमाएर खाने १० कठ्ठा खेत बगाएपछि घलानको चिन्ता थपिएको हो । ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्योे, उनले भनिन, अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो ।’ श्रीमान बितेपछि घलानले खेतिपातिको आम्दानीबाट २ छोरा सहित ५ जनाको परिवारको गुजारा चलाउदै आएकी थिइन ।

बाढीले बाराको वन विनास - 2017-08-25

भाद्र ०९ शुक्रवार, निजगढ । अघिल्लो साता लाल खोलमा आएको बाढीले बारा जिल्लामा सयौं हेक्टर क्षेत्र वन विनास गरेको छ । अविरल बर्षापछि निजगढ नपा ८ र १० स्थित लाल र बकैया खोला बाढी कटानले पर्सा राष्ट्रिय निकुञ्ज सहित स्थानीय कछडिया, राधाकृष्ण र नागमणी सामुदायिक वनमा हजारौं रुख बगाउनुका साथै बाढी पसेर सयौं हेक्टर वन क्षेत्र बालुवाले पुरेको हो ।

तराईमा तिजको रिमझिम संङ्गै बाढीपिडितलाई सहयोग संकलन । - 2017-08-24

भाद्र ०८ बिहीवार, बारा । नेपालि महिलाहरुको माहान पर्बहरितालिका तिजको अवसरमा तराईका बिभिन्न संघ संस्थाहरुले बिबिध सास्कृतिक कार्यक्रम आयोजनागरि मनाएकाछन ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

लोकप्रिय



12814639 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top