The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

यो सरकार समृद्धि र विकासको यात्रामा सफल भएर देखाउनेछ । मोक्तान



स्थानीय समाचार   51 पटक पढिएको   हेटौँडा अनलाइन    २०७४ चैत्र ३० शुक्रवार  

चैत्र ३० शुक्रवार, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी गरेकी छिन् ।

यो सरकार समृद्धि र विकासको यात्रामा सफल भएर देखाउनेछ । मोक्तान

माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका पार्टी वडा कमिटि ९ र १४ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार जनमत प्राप्त बलियो सरकार भएको बताएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मोक्तानले वर्तमान सरकारको कार्यकाल राजनीतिक स्थिरता कायम गर्दै देश र जनताको समृद्धि विकासको यात्रामा फड्को मार्न सफल हुने दाबी गरिन् । उनले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई विगतका कमिकमजोरी पहिल्याएर आत्मासमिक्षा गर्दै अगाडि बढ्न समेत सुझाव दिईन् ।

१४ नम्बर वडाका पार्टी वडाअध्यक्ष तिलक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको पार्टीका जिल्ला संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्य बलराम बल, नगर कमिटि अध्यक्ष ललित घलान, उपाध्यक्ष विवेक राई, नेताहरु लिलाकुमार घलान, तिर्थ थापा मगर, नगर सचिव दिपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13220310   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top