The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

११ बुँदे माग सहित हेटौडा अस्पतालमा नर्सहरुको धर्ना


स्थानीय समाचार 24 पटक पढिएको नानीमैया विष्ट २०७४ पौष ३० आइतवार


११ बुँदे माग सहित  हेटौडा अस्पतालमा नर्सहरुको धर्ना


हेटौड, ३० पुस नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् ।


नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् । 

सुरुको ३ दिन कालोपट्टी बाधेर उनीहरुले काम सुचारु राखेका थिए । तर  मागप्रति वेवास्ता गरिएपछि दोस्रो चरणको अन्तिम दिन आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका छन् । ‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको तलव, भत्ता, सेवा सुविधा नेपाल सरकारका नर्स सरह उपलब्ध गराइनुपर्ने, भोलेन्टिएरको नाममा श्रम शोषण बन्द गर्नुपर्ने,दुर्गम क्षेत्रमा कार्यरत नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको व्यवस्था गरिनुपर्ने, तलवी अध्ययन विदाको व्यवस्था गर्नुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्किासित नर्सिङ कर्मचारीलाई पुर्नवहाली गरिनुपर्ने’ लगायतका ११ वटा माग सहित हेटौडामा पनि धर्ना सहितको विरोध कार्यक्रमको आयोजना गरिएको नेपाल नर्सिङ संघ मकवानपुरका उपाध्यक्ष गंगा दाहाल जानकारी दिनुभएको छ ।  

नेपाल नर्सिङ संघको आव्हानमा देशभर नै जिल्लामा कार्यरत नर्सहरुले माग सहित विरोध कार्यक्रम गरिरहेको संघका उपाध्यक्ष दाहालको भनाई छ। पहिलो चरणको कार्यक्रम अन्र्तगत ३ दिन कालोपट्टी बाधेर काम गरेको र दोस्रो चरण विहान १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाधेर धर्ना कार्यक्रम आज सकिएको संघका सचिव निर्मला ब्लोनले जानकारी दिनुभयो । उहाँको अनुसार तेस्रो चरणमा ३ दिन विहान १० बजेदेखि १  बजेसम्म, चौथो चरण अन्तर्गत विहान ८ बजेदेखि ४ बजेसम्म काम ठप्प र पाचौ चरणमा २४ सै घण्टा ड्युटी छाडी स्वास्थ्य मन्त्रालयमा धर्ना बस्ने कार्यक्रम तय भएको सचिव व्लोनले बताउनुभयो । 






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12961578 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top