The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

वनमा खोटो संकलन गर्न पाइने निर्णय


स्थानीय समाचार 2 पटक पढिएको हेटौंडा अनलाइन २०७४ पौष ३० आइतवार


वनमा खोटो संकलन गर्न पाइने निर्णय


भीमफेदी, ३० पुस मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष पनि खोटो संकलन गर्ने निर्णय गरेको छ । त्यसै गरी समूहले आन्तरिक खपतको लागि काठ संकलन गर्ने, भकम्प पीडितलाई आवश्यकता र प्राथमिकता अनुसार सहुलियत दरमा काठ उपलब्ध गराउने तथा सामुदायिक भवनको क्षमता बढाउने निर्णय गरेको छ ।


 मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष पनि खोटो संकलन गर्ने निर्णय गरेको छ । त्यसै गरी समूहले आन्तरिक खपतको लागि काठ संकलन गर्ने, भकम्प पीडितलाई आवश्यकता र प्राथमिकता अनुसार सहुलियत दरमा काठ उपलब्ध गराउने तथा सामुदायिक भवनको क्षमता बढाउने निर्णय गरेको छ । 

उक्त समूहको शनिवार धोर्सिङमा सम्पन्न बीसौँ साधारण सभाले उपर्युक्त निर्णयहरु गरेको हो । समूहबाट प्राप्त जानकारी अनुसार कार्यकारिणी समितिले समूहको साधारण सभामा प्रस्तुत गरेको गत आ.व.०७३।०७४ को वार्षिक लेखापरीक्षण प्रतिवेदन र आयव्यय विवरण पनि साधारण सभाले पारित गरेको छ । समूहको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको खोटो विक्रीबाट मात्र गत आ.व.मा १ लाख ७५ हजार रुपियाँ आर्जन भएको उल्लेख भएको सो आयव्यय विवरण अनुसार गत आ.व.को वन व्यवस्थापनबाट समूहको कोषमा नगद र बैंक मौज्दात समेत गरी १ लाख १६ हजार ९ सय ९१ रुपियाँ संचित रहेको बताइएको छ ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज थापाको सभापतित्वमा संचालित उक्त साधारण सभामा भीमफेदी इलाका वन कार्यालयका वन अधिकृत टंक नारायण श्रेष्ठले समूहले आफ्नो आम्दानीको २५ प्रतिशत वन विकासमा र ३५ प्रतिशत रकम गरीवि निवारण कार्यक्रममा खर्च गर्नुपर्ने र बाँकी ४० प्रतिशत कोषबाट सामुदायिक विकास र समूह संचालन गर्न सक्ने उल्लेख गर्दै आफ्नो वनको खोटो संकलनमा आफ्नै उपभोक्ता सदस्यहरुलाई संलग्न गराउन आह्वान गर्नुभयो ।

सोहीसाधारण सभालाई सम्वोधन गर्दै भीमफेदीगाउँपालिका, वडा नं. ६ का निर्वाचित वडाध्यक्ष सीताराम थापाले सामुदायिक वनको वनव्यवस्थापन कार्ययोजना प्रभावकारी रुपमालागु गरी वनव्यवस्थापन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो ।

साधारण सभामा उपभोक्ताहरुले उठाउनुभएको गुनासोहरुको जवाफ अध्यक्ष नवराज थापा तथा सचिव रंजीत रानाले दिनुभएको थियो । साधारण सभाले वन विकास र गरीवि निवारणमा खर्च गरेर पैसा बचेमा सडक निर्माण, भवन विस्तार तथा स्थानीय मन्दिर सुधारमा लगानी गर्ने विषयमा समेत व्यापक छलफल गरेको जानकारी प्राप्तभएको छ । करीव २०० घरधूरी उपभोक्ताहरु सदस्य रहेको सो समूहको साधारण सभामा सम्पूर्ण उपभोक्ताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13155904 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top