The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

विजयी सभामा लालपूर्जा मागे


स्थानीय समाचार 51 पटक पढिएको हेटौंडा अनलाइन २०७४ पौष १७ सोमबार


विजयी सभामा लालपूर्जा मागे


बकैया गाउँपालिका वडा न. २ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। लामो समयदेखि लालपूर्जा प्राप्तिको निम्ति संघर्ष गर्दै आइरहेका त्यस ठाउँका बासिन्दाहरुले निर्वाचित दुबै सभाका सदस्यहरुको स्वागत तथा विजयसभामा सो माग राखेका हुन् ।

बकैया गाउँपालिका वडा न. २ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। लामो समयदेखि लालपूर्जा प्राप्तिको निम्ति संघर्ष गर्दै आइरहेका त्यस ठाउँका बासिन्दाहरुले निर्वाचित दुबै सभाका सदस्यहरुको स्वागत तथा विजयसभामा सो माग राखेका हुन् । 

क्षेत्र न.१ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि क्षेत्र न. १ प्रदेश (क) का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि दाहालले आफूलाई लोकतन्त्रको हिमायती सम्झिने कांग्रेसले सत्ताको लोभ त्याग्न नसकेको बताउनुभयो । सभालाई सम्बोधन गर्ने क्रममा विशेष अतिथि पुलामीले चुनाव अघि घोषणा गरेका विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का नेता बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)मकवानपुरका सचिवालय सदस्यहरु कमान सिं पाख्रिन (पृथक), विवेक राई, लोकनाथ गौतम, जिल्ला सदस्य सन्तविर लो, नेकपा (एमाले) का जिल्ला सदस्य कृष्ण प्रसाद चौलागाई लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष अशोक जिम्बाले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत कार्यक्रम सोही गाउँपालिकाको च्याउ–च्याउ, सोवी, हात्तीसुढे, हिरामनी लगायतका स्थानमा पनि सम्पन्न भएका छन् ।     






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12961585 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top