The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

गठन भयो हेटौंडा १३ मा वाइसिएल कमिटी



स्थानीय समाचार   29 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ कार्तिक १२ आइतवार  

कार्तिक १२ आइतवार, हेटौंडा । हेटौंडा, १३ पदमपोखरीमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को वडास्तरीय कमिटी गठन गरिएको छ । शनिबार भएको वडा भेलाले सुरेश थिङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन भयो हेटौंडा १३ मा वाइसिएल कमिटी

जसको उपाध्यक्षमा सहदेव रुम्बा र मीना सुनार पौडेल रहेका छन् । सचिवमा विष्णुबहादुर थिङ, सहसचिवमा सचिन थोकर, कोषाध्यक्षमा धनबहादुर घिसिङ रहेका छन् । माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य तथा प्रचार विभाग संयोजक कमान सिं पाख्रिन ‘पृथक’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाइसिएलका मकवानपुर सचिव लवरा ठकुरी, पार्टी सल्लाहकार अशोक बल, पार्टीका १३ नम्बर वडा अध्यक्ष सानु गोलेको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रिनले समाजमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्यका लागि युवाहरु एकजुट हुनु आवश्यक भएको औंल्याए । समाजमा सुशासन कायम गर्न युवाहरुले दबाबमुलक कार्य गर्नुपर्ने भन्दै उनले त्यसको नेतृत्व वाइसिएलले गर्नुपर्नेमा जोड दिए ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13220323   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top