The first website dedicated to the people of clean and green city Hetauda.
logo
खेलकुद

रोभर रेन्जर स्काउट दीक्षित



खेलकुद    232 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ असोज २८ शनिवार  

असोज २८ शनिवार, हेटौंडा । हेटौंडा ओपन स्काउट टुप / त्रयुले आफ्ना १५ रोभर/रेन्जर स्काउट विद्यार्थीलाई शनिबार दीक्षित गरेको छ । जिल्ला स्काउट कार्यालय पिप्लेस्थित भवनमा शनिबार बिहान दीक्षान्त समारोहको आयोजना गरी उनीहरुलाई स्काउट दीक्षा दिइएको हो ।

जिल्ला स्काउट कार्यालय मकवानपुरका तालिम आयुक्त अशोक सारु मगरको आतिथ्यमा भएको दीक्षान्त समारोहमा ६ महिनासम्म स्काउटका विभिन्न कक्षाहरुमा सहभागी भएका ११ रेन्जर तथा ४ जना रोभर स्काउटहरुलाई दीक्षान्त गरिएको ओपन स्काउटका दल समिति सदस्य दीपेन्द्र रोक्काले बताए । ओपन स्काउट क्र्युका अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटर केदार आचार्य, सृष्टि गुरुङ, विष्णु श्रेष्ठ, सुमी वाइवा, महेन्द्र थापामगर, आशीष अस्लामीमगरलगायतले दीक्षित स्काउटहरुलाई शुभकामना दि“दै स्काउटिङ गतिविधिमा सक्रिय भएर लाग्न प्रेरित गरेका थिए । 

दीक्षान्त समारोहपश्चात हेटौंडा ओपन ट्रुप÷त्र्mयुको ९ सदस्यीय टोली मोरङको बिराटनगरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय ज्याम्बोरेटमा सहभागिताका लागी त्यसतर्फ प्रस्थान गरेको छ ।  






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13220321   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top