Hetauda Online - बसामाडीमा माओवादीको शुभकामना कार्यक्रम
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बसामाडीमा माओवादीको शुभकामना कार्यक्रम


स्थानीय समाचार 86 पटक पढिएको कमान सिं पाख्रिन २०७४ असोज ०७ शनिवार


बसामाडीमा माओवादीको शुभकामना कार्यक्रम


असोज ०७ शनिवार, मकवानपुर नेकपा माओवादी केन्द्रले हेटौँडा–३ नम्बर वडामा आज शुभकामना आदानप्रदान गरेको छ । बिजयादशमी, तिहार र छठ पर्वको अवसरमा ३ नम्बर वडामा चियापान तथा शुभकामना आदानप्रदान गरिएको हो ।

३ नम्बर वडामा आयोजित उप्त कार्यक्रममा वडा  पार्टी अध्यक्ष रुपेश बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख पृथक लामा थिए । कार्यक्रममा जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थ थापामगर, संयुक्त वडा इन्चार्ज पूर्णबहादुर वाइवा, जिल्ला सचिवालय सदस्य मानबहादुर लामा,  बुद्धिजीवि भक्तबहादुर थापा, इन्द्रमणि चौलागाई, बसामाडी ३ नम्बर वडा समिति सचिव भीमलाल लामा लगायतको उपस्थिती रहेको थियो । प्रमुख अतिथि  कमान सिं पाख्रिन "पृथक" लामाले सबैलाई आउँदो चाडको शुभकामना व्यक्त गरेका थिए ।





कमेन्टसहरु



लोकप्रिय



12814696 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top