Hetauda Online - माओवादी सम्बद्ध तामाङ र महिला संघमा नयाँ नेतृत्व
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

माओवादी सम्बद्ध तामाङ र महिला संघमा नयाँ नेतृत्व


स्थानीय समाचार 7 पटक पढिएको हेटौंडा अनलाइन २०७४ असोज ०७ शनिवार


माओवादी सम्बद्ध तामाङ र महिला संघमा नयाँ नेतृत्व


असोज ०७ शनिवार, मनहरी । नेकपा माओवादी केन्द्र सम्बद्ध तामाङ राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त मनहरी गाउँपालिकाको भेला शुक्रबार मनहरीमा सम्पन्न भएको छ ।

भेलाले बाबु थिङको अध्यक्षतामा २१ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नयाँ कार्य समिति चयन गरेको छ । मोर्चाको उपाध्यक्षमा पाल्साङ रुम्बा, सचिव आदेश रुम्बा, कोषाध्यक्ष सुसिला थिङ लगायत रहेका छन् । 

भेलाले अखिल नेपाल महिला संघ मनहरी गाउँपालिकाको अध्यक्षमा बिमला घलान रहने गरी १७ सदस्यीय कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मी उप्रेती, सचिव दिपेश्वरी लामा, कोषाध्यक्ष साबित्री कार्की लगायत रहेका छन् । 

जिल्ला पार्टी कार्यालय सदस्य ओम घलान(प्रदिप)को प्रमुख आतिथ्यतामा भएको भेलामा विषेश अतिथि जिल्ला पार्टी कार्यालय सदस्य तथा मोर्चा फ्याक्सन इन्चार्ज कमान सिं पाख्रिन(पृथक), महिला संगठनका केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पाख्रिन(डोल्मा), मनहरी गाउँपालिका इन्चार्ज रामहरि सुवेदी, मोर्चाका जिल्ला संयोजक लिलाकुमार घलान, केन्द्रीय आयोजक समिति सदस्य राम प्रसाद कालाखेती, बिर बहादुर घलान, खुशिलाल चेपाङ, महिला संघका जिल्ला संयोजक कमला पौडेल, वाईसिएल मनहरी गाउँपालिका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो । साथै भेलामा बिभिन्न पार्टी परित्याग गरी ५२ जना माओवादी केन्द्रमा प्रवेश गरेका  थिए ।





कमेन्टसहरु



लोकप्रिय



12814653 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top