Hetauda Online - काँग्रेसको हेटौंडा १८ मा वडा परिचालन समिति
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

काँग्रेसको हेटौंडा १८ मा वडा परिचालन समिति


स्थानीय समाचार 20 पटक पढिएको हेटौंडा अनलाइन २०७४ भाद्र २५ आइतवार


काँग्रेसको हेटौंडा १८ मा वडा परिचालन समिति


भाद्र २५ आइतवार, हेटौंडा आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस मकवानपुरको पार्टी एवं भातृ संस्थाहरुको विस्तार, सुदृढिकरण र परिचालन अभियान अन्र्तगत आईतबार हेटौंडा १८ मा वडा परिचालन समिति गठन गरिएको छ ।

भेलाले राजेन्द्रराज बानियाँ संयोजक र मैया श्रेष्ठको सहसंयोजकत्वमा २३ सदस्यीय वडा परिचालन समिति गठन गरिएको छ । समितिमा सचिव गोकर्ण सुवेदी, सदस्यहरु कविता बानियाँ, भोटबहादुर विक, देविप्रसाद घिमिरे, चन्द्रबहादुर देवकोटा, मानबहादुर भ्लोन, लक्ष्मीमाया दोङ, माण्डवराज बानियाँ, टंकराज केसी, रोशन थापालगायत रहेका छन् ।

पर्टीका जिल्ला कोषाध्यक्ष एवं हेटौंडा १५, १६, १७ र १८ को विस्तार, सुदृढिकरण र परिचालन अभियानका संयोजक गोपीलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

साविक हेटौंडा २५ का सभापति हरेराम बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अथिति जिल्ला सदस्य रामबाबु बानियाँ, अथितिहरु जिल्ला सदस्य  सुशान्त श्रेष्ठ, महाधिबेशन प्रतिनिधि कमला खड्का, नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष विनोद घिमिरे, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, क्षेत्रीय पदाधिकारी एवं सदस्यहरुले बोल्नुभएको थियो ।





कमेन्टसहरु



लोकप्रिय



12814723 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top