The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश


राष्ट्रिय समाचार 1 पटक पढिएको सुप्रिया ढकाल २०७४ भाद्र १३ मंगलवार


महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश


भाद्र १३ मंगलवार, बारा । महिलाहरुको संयुक्त प्रयासले थालीएको साप्ताहिक पत्रिका प्रकाशित गर्ने प्रयासको आज एक बर्ष पुगेको छ । महिला सञ्चालक कमिटि, महिला कर्मचारीको संयुक्त लगनले सुरुवात गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आज आफ्नो पहिलो बार्षिकउत्सव मनाएको छ । गतबर्षदेखी प्रकाशनमा आएको यस पत्रिकाले बारा, पर्सामा बजार बिस्तार गरेको छ ।

आज पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित पहिलो बार्षिक उत्सवसंगै संस्थाले अनलाईन उद्धघाटन गरेको छ । पहिलो बार्षिक उत्सव तथा अनलाईन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारीले महिलाहरुको एकल प्रयासले स्थापित यस मध्यनेपाल सन्देश साप्ताहिकको पहिलो बार्षिकउत्सवले बास्तवमै महिला कमजोर छैनन् भन्ने पुष्टि भएको बताउनुभयो । घरभित्र मात्र सिमित हुने महिलाहरुको लागी यस संस्थाकि सञ्चालीका महिलाहरु एउटा प्ररेणादायि नमुना बन्ने उहाले उद्धघोष गर्नुभयो । साथै निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले यो थालनिको लागी महिला दिदिबहिनिहरु धन्यबादको पात्र रहेको बताउनुभयो । 

कार्यक्रमका अन्य बक्ताहरुले पनि यस साप्ताहिक पत्रिकाका सञ्चालीका तथा कर्मचारीहरुलाई हौसला प्रदान गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मध्य नेपाल सन्देश साप्ताहिककि प्रकाशक एवपं सम्पादक कबिता खड्का अध्यक्षताथामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बञ्जारा, पर्साका प्रहरी उपरिक्षक सुदिप गिरि, बिरगञ्ज नगर उद्योगा वाणिज्य संघका उपाध्यक्ष, लगाएतले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । स्थानिय समाजसेवि एवं पत्रकार सलमा खातुनले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला प्रत्रकार संघ पर्साकि संयोजक लक्ष्मि खरेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका बिच पहिलो एक बर्षमा बिभिन्न बिधाबाट सहयोगी भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुर्ला कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुबाट प्रशंसापत्र बितरण गरिएको थियो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899294 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top