The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

जथाभावी संरचनाले बाढीको क्षति बढी


राष्ट्रिय समाचार 76 पटक पढिएको हेटौंडा अनलाइन २०७४ भाद्र १२ सोमबार


जथाभावी संरचनाले बाढीको क्षति बढी


भाद्र १२ सोमबार, बारा । निजगढ नपा १३ भक्तलाल की ५५ बर्षिय सुकमायाँ घलान यतिबेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन । अविरल बर्षापछि गत हप्ता गाउँ नजिकैको पानीसरा खोल्छीको खहरेले कमाएर खाने १० कठ्ठा खेत बगाएपछि घलानको चिन्ता थपिएको हो । ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्योे, उनले भनिन, अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो ।’ श्रीमान बितेपछि घलानले खेतिपातिको आम्दानीबाट २ छोरा सहित ५ जनाको परिवारको गुजारा चलाउदै आएकी थिइन ।

चुरे फेदमा रहेको वस्तिका बाँकी एक दर्जन परिवारमा पनि यतिबेला सुकमायाँको जस्तै चिन्ता छ । बाढीले भर्खर रोपेको धान र लहलहाउदो मकैबाली सहित खेत बगाएपछि स्थानीय बिचल्लीमा छन । पानीसराको खहरेले स्थानीय किसानको २०  बिगाहा भन्दा बढी धान फल्ने खेत बगाएर बगरमा परिणत गरेको  छ भने बालुवा र पागोले भरिएर आधा दर्जन घर पुरिएका छन । 

नगरपालिका कार्यालयले गत बर्ष निर्माण गरेको पक्की कलभल्टमा पहिरोले बगेका रुख अडकिएर प्रवाहा रोकिएपछि बाढीको वस्तितर्फ क्षेति गरेको थियो । कलभल्टको मुख र पर्खालमा रुख अड्किएपछि बाढी पश्चिमतर्फ मोडिएर आवादीतर्फ सोजिएको र घरखेत बगाएको स्थानीय तिलक घलानले बताए । कलभर्ट बनाउदा ध्यान पुर्याउन नसक्दा वस्तिमा ठुलो क्षेति पुगेको उनले बताए । ‘पहिले बुद्धि पुगेन, अहिले नसोचेको क्षेति बेहोर्नु पर्यो ।’ घलानले भने । भत्कलालदेखि डम्बरपुर गाउँ जोडन कच्ची सडकमा पर्ने खोल्चीमा स्थानीयको माग अनुसार कार्यालयले गत बर्ष ५ लाख रुपैयाको लागतमा आरसिसी ढलान कलभर्ट निर्माण गरेको हो । 

नगरपालिकाका इन्जिनीयर नविन खनाल स्थानीयको आग्रहमा प्राविधिकको सुझाव विपरित जवरजस्ति काम गर्दा क्षेति भएको बताउछन । ‘कज वेमा खर्च कम र भरपर्दो पनि हुन्छ भनेर सम्झाउन खोजेका थियौ, उनले भने, तर कलभर्ट नै चाहिन्छ भनेर भनेर मानेनन, अहिले कलभर्ट सहित वस्ति पनि बगरमा परिणत भयो ।’ उनले आवतजावतमा केही सजिलो हुने र हेर्दा राम्रो देखिने भन्दै स्थानीयले  कज वेको साटो कलभर्ट निर्माणमा जोड दिएको पनि सुनाए । 

प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक विजयनारायण मानन्धर भक्तलालमा जस्तै विकासको नाममा अव्यवस्थित रुपमा बनाइएका संरचनाले बाढी र डुवानको समस्या थपिएको बताउछन । ‘अधिकांश स्थानका कलभर्ट, पुल, बाँध, सडक, तटबन्ध र भवन जथाभावी बनेका छन, उनले भने, ‘राम्ररी हेर्दै नहेरी विकासको नाममा जथाभावी निर्माण हुदा बिनास बढायो ।’ प्रजिअ मानन्धरले बिपत्तिबाट जोगिन सबै दृष्टिबाट अध्ययन गरेर मात्र संरचना निर्माण गर्नु पर्ने बताए । अव्यवस्थित संरचनाले बाढीको प्राकृतिक प्रवाहा रोकिएर वस्ति र आवादी क्षेत्रमा बाढी र डुवानको प्रकोप सृजना गरेरको र धन जनमा क्षेति पुगेको प्रजिअ मानन्धरले जानकारी दिए । निजगढ नपास्थित बकैया र लाल खोलामा निर्माण भएको पक्की तटबन्धका कारण जंगल पसेको बाढीले दक्षिणको कोल्हवी नपामा बाढी र डुवानको प्रकोप सृजना गरेको थियो भने कोल्हवीको खैरा पुल र कलैया जोडने सडकले रोकेपछि यस क्षेत्रका थप एक दर्जन गाउका बासिन्दा तीन दिनसम्म डुवानको चपेटामा परेका थिए । त्यसैगरी ढल र बर्षाको भल पानी निकासको उचित प्रवन्ध बिना नै बनेका सडक, घर र पर्खालका कारण यसपटक कलैया, जितपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ, महागढिमाई र निजगढ नपाको मुख्य बजार क्षेत्र बाढी र डुवानको चपेटामा परेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12897435 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top