The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

बाढीले बाराको वन विनास



राष्ट्रिय समाचार   38 पटक पढिएको   सागर घोरसाईने   २०७४ भाद्र ०९ शुक्रवार  

भाद्र ०९ शुक्रवार, निजगढ । अघिल्लो साता लाल खोलमा आएको बाढीले बारा जिल्लामा सयौं हेक्टर क्षेत्र वन विनास गरेको छ । अविरल बर्षापछि निजगढ नपा ८ र १० स्थित लाल र बकैया खोला बाढी कटानले पर्सा राष्ट्रिय निकुञ्ज सहित स्थानीय कछडिया, राधाकृष्ण र नागमणी सामुदायिक वनमा हजारौं रुख बगाउनुका साथै बाढी पसेर सयौं हेक्टर वन क्षेत्र बालुवाले पुरेको हो ।

‘बालुवाले पुरेर र नदी कटानमा परेर ठुलो क्षेति पुगेको छ, जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेले भने,  बाढी घटेपछि क्षेतिको अवस्था बुझ्ने कार्य भइरहेको छ ।’ घिमिरेले कर्मचारी खटाएर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र विवरण संकलन कार्य शुरु गरिएको र केही दिनभित्र क्षेतिको यकिन विवरण प्राप्त हुने जानकारी दिए । 

लालगाउँ सुरक्षाको लागि भन्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तगत जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले निर्माण गरेको बाँधले रोकेपछि जंगलतर्फ सोझिएको बाढी पसेर वन संम्पदाको विनास गरेको हो । धार परिवर्तन भएर २ दिनसम्म जंगल पसेको खोलाको मुल धार आइतबार राति बाँध भत्केपछि पुरानै कोर्समा फर्किएको र बाढीबाट लालगाउँका एक दर्जन भन्दा बढी घरगोठ बगाउनुको साथै २५ बिगाहा भन्दा बढी खेतियोग्य जमिन कटान गरेको छ । ‘वस्ति र जंगल दुबै बगायो, स्थानीय जोसिमाया बलले भनिन, संरक्षणको लागि भनेर निर्माण गरेको बाँधले त झन विनास पो निम्त्यायो ।’  संरक्षणको दृष्टिकोणले राम्ररी अध्ययन नै नगरी बाँध निर्माण गरिएकाले वस्ति र जंगल दुबैतर्फ क्षेति गरेको उनले बताइन ।

लाल खोला नियन्त्रणको लागि करिव ३ करोड रुपैयाको लागतमा निर्माण शुरु भएको डेढ किमी लामो बाँध गत बर्ष सम्पन्न भएको थियो ।  दुई दिनसम्म वस्ति पश्चिम जंगल पसेको बाढी १० किमी दक्षिण पुर्वपश्चिम राजमार्गको आरसिसी पुल र लच्का हुदै कोल्हवी नगरपालिकामा  निस्किएपछि आवागमन अवरुद्ध हुनुको साथै जंगल दक्षिणमा पर्ने वस्तिमा समेत बाढी र डुवानको प्रभावमा परेको थियो । पर्याप्त अध्ययन नगरी बाँध  निर्माण गरिएकाले जंगलमा क्षेति पुगेको वन कर्मचारीको पनि भनाइ छ । 

त्यसैगरी निजगढ ४ को कछडिया सामुदायिक वन क्षेत्रको जंगलबाट बसेको बकैयाको बाढीले बगाएर ल्याएको बालुवा र पागोले दुई फिट माथिसम्म पुरेपछि ठुला रुख समेत सुकेर ढल्न सक्ने खतरा बढेको छ । जरामा धेरै माटो थुप्रिएर पुरिएपछि कमजोर बनेका रुख केही समयपछि सुक्न सक्ने वन अधिकृत घिमिरे बताउछन । 

वस्ति संरक्षणको नाममा बकैया खोलाको पुर्व किनारातर्फ निजगढमा निर्माण गरिएका संरचानाले नदीले धार बदलेको र वन क्षेत्र विनास गरेको हो ।  राष्ट्रपति चुुरे संरक्षण कार्यक्रम अन्तरगत बकैया खोलाको पुर्वी किनारामा करिव २ किमी लामो बाध निर्माण भएको छ । त्यसैगरी धन्सार, पसाहा, बालगंगा र दुधौरा जस्ता खोला किनाराबाट पनि बाढीले ठुलो परिमाणमा वन विनास गरेको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13220319   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top