Hetauda Online - मकवानपुर नामाकरणको एैतिहासिक तथ्य
The first website dedicated to the people of clean and green city Hetauda.
एैतिहासिक

मकवानपुर नामाकरणको एैतिहासिक तथ्य


एैतिहासिक 111 पटक पढिएको भानुभक्त आचार्य २०७४ बैशाख २७ बुधवार


मकवानपुर नामाकरणको एैतिहासिक तथ्य


हेटौंडा अनलाईन देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ।
यो जिल्लाको कुनै बेला मेचि-महाकालिलाई राजधानीसँग जोड्ने सेतुको रुपमा लिईन्थ्यो भने अहिले पृथिवी राजमार्ग निर्माणले केही छायाँमा पर्न गएको छ। मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ। जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ। यस जिल्लामा हाल ३५ वटा गाविस, एक उप.म.न.पा. र एक नगरपालिका रहेका छन्।

 १३ वटा ईलाका र ४ वटा निर्वाचन क्षत्र रहेका घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ। यस जिल्लामा राप्ति, कर्रा, वाग्मति, मनहरि, लोथर लगायत थुप्रै खोला नाला रहेका छन। मकवानपुर जिल्लामा हिन्दु, बौद्ध, क्रिश्चियन, ईश्लाम धर्मावलम्विरहेका छन्। गोरक्षेशवर,भुटनदेवि, वनश्खण्डि,बज्रवाराहि जस्ता पूण्य क्षेत्र हरु यस जिल्लामा करिव ७८ किमि कालोपत्रे सडक १०५.०६८ ग्रावेल सडक, गोरेटो वाटो , कंक्रिट सडक लगाएत बाटोको सुविदा रहेको छ।जलश्रोत, खनिज ,कृषि उत्पादन लगाएत दृष्टिले यो जिल्ला धनि मानिन्छ।





कमेन्टसहरु



लोकप्रिय



12814670 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top