News >> Tourism News



मकवानपुर नामाकरणको ऐतिहासिक तथ्य

मेम्बर लो, राज्यले पाल्पाका तत्कालीन प्रतापी सेनवंशी राजा मुकुन्द सेनको नाम दर्साउने मुकुन्दपुर नामाकरण गरी राज्य स्थापना गरेको र अपभ्रंश भई हाल कमवानपुर नाम रहन गएको भने तर्क अगाडि सारेतापनि तामाङ पुर्खाहरु यस कुरामा सहमत देखिँदैन । किनभने मकवानपुरमा सेनवंशी राजाहरुले राज्य स्थापना गर्नुभन्दा अगाडि पनि यहाँ छुट्टै राज्यको अस्तित्व थियो भन्ने उनीहरुको अभिमत छ । मकवानपुरमा मुकुन्द सेनका सन्तानले राज्य गर्नु अगाडि नै त्यस राज्यको नामाकरण भइसकेको थियो भन्ने तर्क उनीहरु अगाडि सार्ने गर्दछन् । अहिले पनि मकवानपुर गढी दरबारभन्दा मुनि समतल भु भागमा रहेको कर्रा खोला आसपासका खेतीयोग्य फाँट जो हटिया र हर्नामाडी गाविस अन्तर्गत पर्दछन्, तिनै भेगलाई मकवानपुर फाँट भनी पुराना बासिन्दाहरु भन्ने गर्दछन् ।

उनीहरुका तर्क अनुसार सेनवंशले आक्रमण गरी राज्य हातपार्नु अगाडि त्यहाँ तामाङ राज्य काभ्रेको तेमाल, रामेछाप जस्ता मकवानपुर गढीमा पनि तामाङ राज्य थियो र राज्यको नामाकरण गर्ने क्रममा गढी दरबारबाट प्रत्यक्ष देखिने ती समतल खेत (फाँट) हरुबाट प्रभावित भइ मोक्कोन (सबै), बु (खेत) अर्थात् मोक्कोनवु (सबैखेत) नामाकरण गरिएको र उक्त तामाङ भाषा उच्चारण गर्न अप्ठ्यारो भई सेनाहरुले मकान्भु हुँदै मकवानपुर हुन गएको हो भन्ने यथार्थपरक तर्क दिने गर्दछन् । यसर्थ मुकुन्दपुर भन्ने समग्र नेपाली जन जिब्रोमा उच्चारण गर्नु कुनै कठिनाई नपर्ने नाम अपभ्रंश भएको भन्ने तर्क त्यति सान्दर्भिक देखिँदैन । किनकि मुकुन्द नामलाई मुकुवान भन्ने परिवर्तन गर्नुपर्ने वा हुनजाने कुनै देखिँदैन । अर्थात् मुकुन्द र मकवान कुनै सम्बन्ध राख्ने शब्दहरु हैनन् । तर दोस्रो तर्क मोक्कोनको मोकोवान हुनसक्ने, मकान हुनसक्ने र अन्त्यमा मकवान हुनसक्ने शाब्दीक उच्चारण सम्बन्ध धेरै छन् । यसर्थ पहिलो तर्कभन्दा दोस्रो तर्क सही र यथार्थ हो भन्ने लेखकको पनि अभिमत रहेको छ ।

मकवानपुर तामाङ शब्दबाट रहन गएको र तामाङ राज्य कुनै कालमा त्यहाँ रहेको थियो होला भन्ने अनुमान कसरी पनि गर्न सकिन्छ भने, मकवानपुर गढी दरबार वरिपरि हाल पनि घना रुपमा तामाङहरुकै बसोबास रहनु । काभ्रेको तेमाल राज्य (जहाँको अन्तिम शासन रिन्जेन दोर्जे बल पनि मकवानपुर राज्यको एक प्रशासनिक इकाई रहेको कुरा इतिहासमा देखिनु र गढी दरबारमा स्थापित हाल वंशगोपाल मन्दिर भित्रको श्री कृष्णको भनिएको मूर्ति बौद्ध सभ्यतासंग सम्बन्धित अमितायुष (कुन्दो स्हाङपो) को बनावटसँग मिल्नु । साढे २ दशक अगाडिसम्म दरबारका सुरक्षाकर्मीहरुले बिहान, बेलुका बौद्ध धार्मिक बाद्ययन्त्रहरु लाभा, ज्ञालिङ, भुपझ्याल, डिलबुहरु बजाएर पूजा अर्चना गर्नु (तथापि हाल ती बाद्य यन्त्रहरु संरक्षणको अभावले हराइसकेका छन्) । मुकुनबु अर्थात दक्षिण दिशातर्फ हटिया र हर्नामाडी गाविसका समतल खेतहरु मकवानपुर गढी दरबारबाट प्रत्यक्ष दृष्यावलोकन गर्नु सक्नुले तामाङ शब्द वर्ण अनुसार मकवानपुर नाम रहन गएको र तामाङ राज्य अस्तित्वमा थियो भन्ने तथ्यको नजिक पुग्न सकिन्छ ।

वंशगोपाल मन्दिरको सन्दर्भमा स्थानीय मकवानपुर गढी दरबारकै समिपमा रहेको बरभञ्ज्याङ गुम्बाका संस्थापक पाल्साङ बज्र वाइबाको भनाइ अनुसार सिक्किमदेखि पाल्नु भएका माहागुरु नोर्बु रिम्पोछे (हाल दिवंगत)ले गढी दरबारमा ध्यान गरी हेर्दा हिन्दू देवता वंशगोपाल भनि हेला नगर्नु यो देवता बौद्ध धार्मिक विधि अनुसार प्रतिस्थापन गरिएको अमितायुष (कुन्डो साङ्बो) को देवल हो, तिमीहरुले तिथि मिति अनुसार पूजा अर्चना गर्नु कालान्तरमा यो सत्य खुल्नेछ । बौद्ध धर्मावलम्बीहरुले हिन्दू देवता नठान्नु भनि बताउनु भएको कुरा स्मरण गर्नुहुन्छ ।

तामाङ जातिको आवादि र संरचनागत अवस्था :

मकवानपुर जिल्लाको इतिहास तामाङ जातिको प्रवेश कहिले र कति सम्वतमा भयो भन्ने यथार्थ जानकारी लिखित रुपमा कतै नपाइए पनि विभिन्न किम्बदन्ती, आख्यान र पूर्खाहरुको अध्ययन र अन्य जातिहरुको प्रवेश कालको अध्ययन गर्दा मकवानपुर जिल्लाको आदीम आवास गर्ने जाति तामाङ नै हो भन्न सकिन्छ ।मकवानपुर जिल्लाको पूर्व सदरमुकाम भीमफेदी, जसले नेपाल अधिराज्यको ऐतिहासिक बन्दरगाहको रुपमा महत्व पाइराखेको छ, त्यस स्थानको प्रमुख पौराणिक प्रशासक तामाङजातिहरु नै थिए भनि भीमफेदीका मूर्धन्य व्यापारी नेवारी समूदायका अग्रजहरु समेत बताउने गर्दछन् । त्यहाँको पुरानो मासु व्यापारीहरु बताउने गर्छन्, भीमफेदीमा मासु व्यापार गर्नेले राँगाकोटाउकाको आधी भाग स्थानीय चोहो जगत सिं वाइबालाई अनिवार्य बुझाउनु पर्दथ्यो । हालको सदरमुकाम हेटौंडा आवाद हुनुभन्दा धेरै अगाडि भीमफेदी बजार शहरको रुपमा स्थापित भइसकेको थियो । जहाँबाट काठमाडौं उपत्यकालाई आवश्यक पर्ने हरेक उपभोग्य वस्तुहरु आयात गरिन्थ्यो । यहाँसम्मकि श्री ३ राणा महाराजहरुले उपत्यकामा भियाउने सवारी साधन, मोटर गाडीहरुसमेत भीमफेदीबाट बोकेर उपत्यका पुयाइन्थ्यो । ती गाडी बोक्नेदेखि अन्य उपभोग्य सामग्रीहरु उपत्यका पुयाउने काममा स्थानीय तामाङहरु नै प्रयोग हुन्थ्ये । राजा महाराजाहरु तराई सवारी हुँदा हात्ती घोडाको आहारबिहारको बन्दोबस्त गर्न, घोडा प्रयोग हुन नसक्ने स्थानमा ढाडमा बोक्न, घोडाबाट ओर्लिने समयमा घोप्टो परेर ढाड थाप्न, डोलीमा बोक्दा डोले बनाइन हरेक काममा तामाङ समुदायबाट श्रमिक आपूर्ति हुने गर्दथ्यो । त्यतिमात्र हैन तत्कालीन राणा कालमा राजधानीमा निमार्ण हुने विभिन्न यूरोपियन आकारका दरबारहरुमा प्रयोग हुने उन्नत जातका काठ आपूर्ति गर्न मकवानपुरका धना जंगलहरुमा रुख काट्ने काममा तामाङहरुलाई लगाइन्थ्यो । र सोझा तामाङहरुलाई औलो जस्तो तत्कालीन समयको प्राणघातक रोगको परवाह नगरी मालिकको आदेश मान्न कर लाग्थ्यो । कयौं पूर्खाहरुको उक्त रोगको माहामारीबाट ज्यान गएको तिनका जीवित सन्तानहरु बताउने गर्दछन् ।यसरी आधुनिक नेपालको निर्माण भइसकेपश्चात् पनि मकवानपुर जिल्लाको शहरीकरण हुने प्रारम्भकालसम्म सदरमुकाममा समेत तामाङहरुको बलियो उपस्थिति देखिन्छ । यी तथ्यहरुका आधारमा हेर्दा नेवार समुदायको प्रवेश जुनसुकै स्थानमा शहरीकरण संगसंगै व्यापारीको रुपमा बसाइ सरेको देखिन्छ । क्षेत्री, ब्राम्हण समुदाय मानव बसोबासयोग्य र खेतीयोग्य भइसकेपश्चात् मात्र मकवानपुर जिल्लामा अन्यत्र स्थानहरुबाट बसाई सरेको देखिन्छ भने मकवानपुरका घना जंगलहरु फडानी गरी आवास क्षेत्र बनाउने प्रारम्भिक कालदेखि तामाङहरुको उपस्थिति देखिएको हँुदा यस जिल्लाको आवादीकर्ता आदिवासी समुदायको रुपमा तामाङ समुदायलाई लिन सकिन्छ ।यस जिल्लामा परापूर्वकालदेखि बसोबास गर्दै आएका तामाङहरुका भनाइ अनुसार उनीहरु धार्मिकरुपमा बौद्ध धर्मको आस्थामा अडिग रहे, त्यो पनि बौद्ध धर्मको पौराणिक निङमा मत अनुसारको धार्मिक संस्कारलाई अंगीकार गर्दै आए । माघ महिनादेखि नयाँ वर्ष, वा वर्ग (ल्हो पो बा ) मान्यता मानी आए, हरेक गाउँ समाजमा आफ्नै प्रशासन चोहो गान्बा, ताम्बा, बोम्बोको अगुवाइमा चल्दै आए । उनीहरुकै मार्ग निर्देशनमा सामाजिक संस्कार चलाउँदै आए र अद्यापि कायमै छ । यो संस्कारबाट नै के बुझिन्छ भने तामाङ शासन प्रणाली उनीहरुले छोडेका छैनन्, छाड्ने पनि छैनन् । तामाङ समुदायको यो मौलिक प्रशासन प्रणाली साँच्चैको प्रशंसायोग्य छ, अध्ययनयोग्य छ, जो अन्य जातिमा कमै पाइन्छ । कति तामाङ जातिको उद्गमन थलो मानिएका नेपाल, हिस्याङ, शैलुङ, रसुवा जस्ता स्थानका तामाङहरुले मान्छ र ? गर्छ र ? भन्ने यस्ता मौलिक परम्परा मकवानपुर तामाङहरुले जिउँदो राखेका छन् ।

नामाकरणको अर्को प्रसंग :

मकवानपुरको नाम रहन गएको प्रसंगमा अर्को एउटा प्रागऐतिहासिक तथ्यलाई पनि यहाँनेर उद्धृत गर्न उपयुक्त होला । शाक्यमुनी बुद्धकालीन एक बौद्ध विद्धान अश्वघोषले आफ्नो पाली भाषामा लिखित तत्कालीन महत्वपूर्ण माहाकाव्य सैन्दरानन्दमा कपिलवस्तु नगरको इतिवृतान्त लेख्ने क्रममा उल्लेख गरेका छन् कि,

ककन्दस्य मकन्दस्य कुशाम्बस्येन चाश्रमे ।पूयौः यथाहि श्रुयन्ते तथैव कपिलस्य तत् ।।

अर्थात यहाँ कपिल मुनीको आश्रम सित सम्बन्ध गाँसिएर कपिलवस्तु नगरको नाम जोडिए जस्तै मुकुन्द मुनीको आश्रय सम्बन्धबाट मध्येकालमा मकवानपुर नगरी नामकरण भएको र केही अपुस्ट भएपनि ककन्द मुनीको नाम सम्बन्धबाट तिव्बत व्यापारको प्रमुख नाका ककनी डाँडाले अतितकालदेखि बौद्ध इतिहास सुरक्षित राखेकोले त्यससित सम्बन्ध राखेको हुन सक्दछ । कौशाम्बी चाहिँ प्राचित कालमा उत्तर भारतको प्रसिद्ध नगरमा नै गणना हुन्छ । यसको सम्बन्ध कुशाम्ब ऋषिसित सम्बद्ध रहेको पाइन्छ । यसरी प्रागऐतिहासिक रुपमा विश्लेषण गर्ने हो भने पनि भारतका शक सम्राट कविष्कका समकालीन बौद्ध भिक्षु अश्वघोष को इ.स. (८०१००) ताका लिखित महाकाव्य सौन्दरनन्द मा मकन्दपुरको वर्णन गरिएकोले सत्रौ शताब्दीका पाल्पाली राजा मुकुन्द सेनको नामबाटै मकवानपुरको नामाकरण गरिएको भन्नु तर्क संगत देखिँदैन ।

(लेखक नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष हुन्)

साभार : www.sajhakura.com.np


Related Documents:


Related Pictures:


Comments:

2017-03-23
Wilma, iouui86y5@hotmail.com

http://www.bornagainint.org/ginny-s-coupons.html mcgraw hill promo code reddit

2017-03-22
Lina, 9e94njqjwy@gmail.com

http://www.1102eastaustin.com/derby-jackpot-promo-codes.html http://www.dancefoxvalley.org/wrestlingmart-promo-codes.html

2017-03-22
Kaydi, rwee3uozns@mail.com

http://www.unycdallas.org/rentpayment-com-promo-code.html http://www.unycdallas.org/greyhound-bus-promo-code.html arcane legends promo codes for pets http://www.oxsanasiberians.com/o-charley-s-coupons.html

2017-03-22
Lynsey, 4ozds5pqj@mail.com

http://www.wababaseball.com/promotional-codes-for-party-city.html http://www.oxsanasiberians.com/toywiz-promotional-codes.html brawny coupons

2017-03-22
Mellie, qboy0eywl@outlook.com

http://www.wababaseball.com/christmas-discounts.html http://www.oxsanasiberians.com/society-6-promo-code.html

2017-03-22
Hessy, c60ayq4y9m6@hotmail.com

non owners car insurance quotes Erlanger KY cheap auto insurance quotes WA payless auto insurance Odessa TX cheapest car insurance in San Rafael CA

2017-03-22
Burchard, 1cjkxhj5@hotmail.com

car insurance rates Syracuse NY auto insurance quotes Hamden CT best car insurance in Desoto TX low income auto insurance San Francisco CA cheapest auto insurance Groton CT

2017-03-21
Stew, qfnfdp8b2@outlook.com

non owners car insurance quotes Oak Ridge TN cheap full coverage car insurance Shreveport LA

2017-03-21
Jonnie, otidazfrwj@outlook.com

full coverage auto insurance Clarkston MI auto insurance rates Valencia CA low income auto insurance dmv Mobile AL list of auto insurances in Jupiter FL cheap sr22 insurance Union City GA

2017-03-21
Heaven, gpmi3yhy5@yahoo.com

payless auto insurance South Jordan UT non owners car insurance quotes Brookfield WI low income car insurance dmv Hamilton OH

Comments







Can't read the image? click here to refresh

Online Business Diary

Icon Soft Pvt. Ltd
Hetauda-10, TCN
Tel. : 057 - 527263 , 
Shrestha Electronics
Kantirajpath
Tel. : 057 - 523370 , 
Neplio Tech Pvt. Ltd.
Sanopokhara,Hetauda
Tel. : 057 - 524478 , 
NEPAL PURWADHAR BIKASH COMPANY LIMITED
2ND FLOOR, OM BHAWAN, KANTIRAJ PATH
Tel. : 057 - 527320 ,  527330
EASYTEC TRAVEL AND TOURS PVT LTD
HETAUDA 4 MAKWANPUR
Tel. : 057 - 525752 , 
more...
प्रहरी कन्ट्रोल - १००
जिल्ला ट्राफिक - ५२०५९९
पशुपतिनगर इलाका - ५२०५९८
भीमफेदी इलाका - ६९१४६२
चौघडा चौकी - ९८४५२७५४१५
पदमपोखरी चौकी - ९८४५०९९७८९
नेपाल रेडक्रस - ५२०७११, ९८४५०२८९५२
हेटौंडा अस्पताल - ५२०३०५
सहकारी अस्पताल - ५२३५८७
परिवार नियोजन संघ - ५२०७४५
मनहरी रेडक्रस - ९८४५१०५८२१
भीमफेदी रेडक्रस - ६२०६९९
हे.न.पा. - १०१

Message

    Welcome Message

    It is our glorious thing to inform you that we have started hetaudaonline since the beginning of the year 2058 and we have got a lot of progress in this website. Most of the people who are living in or outside the country are able to receive as more information as they want about this beautiful city Hetauda, Makwanpur through this website in which we have tried as much as we could.

Documents

Links

Audio

Play Archives

प्रस्तावित हेटौँडा-काठमाडौँ सुरुङमार्ग सम्बन्धमा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीसँग मकवानपुरको कुलेखानीमा गरिएको कुराकानी ।
>> more...
! Home ! Message ! Contact Us ! Feedback ! Email !
2296837 times visited.
Copyright © 2013 - All Rights Reserved !

Exclusive Solution Network

Hupra Chaur, Hetauda - 4
Phone: +00 977 (0) 522264, Mobile: 9845028275
URL: www.exnet.com.np, Email: info@exnet.com.np
Desing and Developed by