News >> Tourism News



सुरुङमार्ग नबन्ने अव कुनै कारण छैन : कुशकुमार जोशी

देशको राजनीतिले गति लिन नसकिरहेका बेला निजि क्षेत्रले आफ्नै लगानीमा काठमाडौंहेटौडा जोड्ने सुरुङमार्ग निर्माणमा लागेको छ । करिब ३४ अर्ब रुपैयाँको लगानीमा बन्न लागेको यस मार्गका लागि सरकारले गत साता स्वीकृति प्रदान गरिसकेको छ ।

यस परियोजनालाई देशमै नमुना योजना हुने आशा गरिएको छ । यस परियोजनालाई धेरैले नीजि क्षेत्रको सफलता सँग जोडेर हेरिएको छ । नेपाल पुर्वाधार विकास कम्पनी मार्फत लगानीका लागि नीजि क्षेत्र एक भएको कम्पनीका अध्यक्ष कुशकुमार जोशी बताउँछन् । प्रस्तुत छ यहि महत्वकांक्षी योजनाबारे जोशी सँग ओएनएसले गरेको कुराकानी

काठमाडौंकुलेखानीहेटौडा सुरुङमार्ग निर्माणको लागि सरकारी तर्फबाट सबै किसिमले बाटो खुल्ला भयो कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

दुईवर्षको हाम्रो अभ्यासपछि यो एक तहको सफलता पाएका छौ । हामीमा जिम्मेवारी थपिएको छ । यसको प्रारम्भिक प्रक्रियामा नेपाल पूर्वाधार विकास कम्पनी खडा गर्ने क्रममै यसका धरोहरको रुपमा चार पक्षलाई लिएका थियौ । जसलाई हामी फोर पिलर अफ नेपाल पूर्वाधार विकास कम्पनी भन्छौ । जसमा नेपाल उद्योग वाणिज्य महासंघ, गैर आवासीय नेपाली संघ (एनआरएन), नेपाल निर्माण व्यवसायी संघ र स्थानीय जनता हुन् । यी चारै पक्षले अब काम गर्ने समय आएको छ ।

हो, अहिले देशमा राजनीतिक स्थीरता छैन । यस्तो अवस्थामा पनि हामी गर्न सक्छौ भनेर नेपाल पूर्वाधार विकास कम्पनी मार्फत धेरै लगानीकर्ता आएका छन् । यसले के देखाउँछ भने अब काम गर्ने बेला आयो । जसलाई यो वा त्यो कारणले रोकिनु हुदैन भन्ने मान्यताका साथ अगाडि बढेका छौँ ।

यो परियोजनाको बिशेषता?

यो मार्ग भनेको काठमाडौंहेटौडा जोड्ने एउटा द्रुत मार्ग हो । त्यसमा करिब चार किलोमिटर सुरुङमार्गको रुपमा रहन्छ । यो मार्गले काठमाडौंलाई तराई सँग नजिक बनाउँछ ।यो परियोजना सम्पन्न गर्दा सम्म सम्पूर्ण अध्ययन गर्दा करिब साढे ३५ अर्ब लाग्ने अनुमान गरेका छौ । यसमा सबैकुरा समावेश छ । यसलाई सम्पन्न गर्दा करिब चार वर्षलाग्ने अनुमान हाम्रो छ । त्यस बिचमा मुल्यस्तरमा हुनसक्ने परिवर्तनलाई पनि यसमा सम्बोधन गरिएको छ । यो मार्गको कुल लम्बाई ५६ किलोमिटर भन्दा लामो हुँदैन । हामीले सकेसम्म ५० किलोमिटरमा छोट्याउने प्रयास गरेका छौ । यो मार्ग बनिसकेपछि यसको मुख्य फाइदा भनेको राजधानी सँगको तराईको दुरी कम हुनु हो । यो मार्ग बनिसकेपछि ४५ मिनेटमा काठमाडौंबाट हेटौडा पुगिन्छ ।

एउटा बाटो बनाउन लाग्दा यत्रो हल्ली खल्ली किन ? यसको खास महत्व भएरै हो ?

यो समान्य परियोजना होइन । यो कार्य नेपालको लागि नितान्त नयाँ हो । यो मार्ग भनेको नेपाली जनताको सामाजिक, आर्थिक र जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने परियोजना हो । यसको निर्माणले सिंगो मुलुकको अर्थतन्त्रमा परिवर्तन ल्याउछ । उदाहरणको रुपमा काठमाडौं उपत्यकामा बाटो बनाउने क्रममा जतिनै रस्साकस्सी भएपनि बाटो बनेको ठाउँमा राम्रो परिवर्तन आएको छ । त्यस्तै काठमाडौंहेटौडा मार्ग निर्माण गरिसकेपछि दुरी ४५ मिनेटमा छोटियो भने त्यसले दुवै शहरलाई एउटै बनाउँन सक्छ । यो परियोजना सफल भयो भने मान्छेलाई अरु यस्तै पूर्वाधार बनाउन उत्साहित बनाउँछ ।

अहिले देशमा राजनीतिक लगायत अन्य कारणले आर्थिक क्रियाकलाप राम्रो नभैरहेको अवस्थामा यत्रो परियोजनाको लागि पूँजी कहाँबाट आउँछ ?

हो, कुनै पनि काम गर्न पूँजी को कुरा प्रमुख हुन्छ । हामीसँग अहिले सबै कुरा प्राप्त छ । अब मात्र हामीलाई पूँजीको आवश्यकता छ । तर हामीले पिलरको रुपमा लिएका चारै पक्षले पूँजी लगानीमा जुन उत्साह देखाएका छन् यसले हामीलाई थप उत्साहित नै बनाएको छ । यसमा लागानी गर्न बैंक तथा वित्तिय संघसस्थाले पनि चासो देखाएका छन् । हामी सकेसम्म धेरैको सहभागिता गराउने पक्षमा छौ । स्थानीयहरुको पूर्ण साथ छ । हाइड्रोपावर लगायतका अन्य परियोजनामा गरेको लगानी भन्दा पनि छिटो प्रतिफल यसले दिन्छ भन्ने ग्यारेण्टी हामी दिन सक्छौ । यो मार्ग भनेको तराई सँग काठमाडौंलाई जोड्ने सबभन्दा छोटो बाटो हो । त्यसैले पनि लाखौ मान्छे यसमा लगानीका लागि कुरेर बसेका छन् । त्यसकारण पूँजीको पनि अभाव हुन्छ भन्ने हामीले सोचेका छैनौ ।

उदाहरणको रुपमा मनकामना केवुलकारलाई हेरौ । केवुलकार सुरु गर्ने समयमा मानिसहरु यस्तोले पनि के प्रतिफल देला भन्थे । अहिले त्यहि केवुलकारले दिनमा ३५ लाख रुपैयाँ उठाउँछ । त्यसको कारण भनेको राम्रो व्यवस्थान नै हो जसले लगानीमा प्रतिफल आउँछ । हामी सँग पनि राम्रो म्यानेजमेण्ट छ । त्यसैले हामी पनि राम्रो प्रतिफल दिनसक्छौ ।

सुरुङमार्ग निर्माणको लागि नेपालमा खास अनुभव छैन, प्राविधिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ, त्यसका लागि के गर्दै हुनुहुन्छ ?

प्रविधिको कुरामा पनि कुनै समस्या नहोला । हाम्रो एक मुख्य खम्बा एनआरएनका साथीहरु हुन् । उहाँहरुसँग जस्तो भन्यो त्यस्तै अनुभव भएका जनशक्ति छन् । किन भने बिश्वमा भएका नेपाली धेरैले यसबारे गतिलो अनुभव लिइसक्नुभएको छ । हो, यो कम्पनीले त पहिलो परियोजना बनाउँदै छ । तरपनि यसमा विश्वास गरिएको छ । कारण के त भन्दा यस कम्पनी सँग आवद्ध भएका मान्छेको विगतको रेकर्ड हेरिएको छ ।

यसमा सबभन्दा महत्वपूर्ण पक्ष भनेको नेपाल निर्माण व्यवसायी महासंघको पनि पूर्ण सहभागिता यसमा छ । उनीहरुकै अगुवाइमा हामी अगाडि बढ्ने हो । उनिहरुले कहाँबाट कस्तो प्रविधि भन्छन् सोही अनुसार उपलब्ध गराउन हामी सक्षम छौँ । यस अर्थमा नेपाली लगानी, नेपाली प्रविधि, नेपाली व्यवस्थापनको शुद्ध नेपाली परियोजना हामी निर्माण गर्दैछौ । सानो तिनो त हामी एक्लैले पनि गर्न सक्छौ । म आफै एक्लैले २५ मेघावाटको परियोजनामा चार अर्ब लगानी गरेर गर्दैछु । भने यो त ३४ अर्ब लगानी हुँदैछ । यसको लागानीको आकारले नै यसलाई महत्वकांक्षी बनाएको छ । त्यसैले पनि यो महत्वकांक्षी योजना हो ।

भने पछि लगानी गर्ने वतावरण खोज्दै सरकार देखि दलका कार्यालयका ढोका ढक्ढकाउनु पुग्नु हुन्थ्यो अब चाँही पूर्ण रुपमा वातावरण भयो हैन ?

यो परियोजनाले त्यो म्यासेज दिएको छ । राजनीतिक दललाई पनि एक पटक गर्न त दिउ भन्ने परेको छ । स्थानीयनीजिसार्वजनिक साझादारी (चार पि) को अवधारणमा बनाउन लागिएको यो मोडल अत्यन्त व्यवहारिक छ । यहि मोडलमा अब अरु पनि परियोजना बन्छन्, भन्ने आशा गर्न सकिन्छ ।

नयाँ संविधान बनेको र राजनीतिक स्थायित्व नै नभएको अवस्थामा कसरी ढुक्क हुने ?

पक्कै वाताबरण बनेको छैन् तर यो परियोजनाले लगानीको वाताबरण बनाउँछ । राजनीतिक पार्टीले पनि जनताका लागि राजनीति गर्ने हो । दुई लाख भन्दा बढि जनताको सहभागितामा बन्न लागेको परियोजनाको कसैले विरोध गर्छ भने त्यस्तो राजनीतिक पार्टीलाई जनताले ठेगान लगाइदिन्छ ।

हामी त विकासको नारा लिएर हिडेका छौ, गर्छौ भनेका छौ भने अब मेरो विचारमा राजनीतिक दलहरुपनि सहयोग गर्न आउँछन् । यो स्वीकृति पाउनु भन्दा पहिले पनि यसलाई रोक्ने प्रयास भएको हो तर बाटो चाहिएको छ । बनाउँछु भन्दा कस्ले रोक्न सक्थ्यो र ?

पहिले देखिनै नेपालका परियोजनमा श्रम समस्या, स्थानीयको अवरोध, प्राविधिक कमजोरी लगायतका समस्या देखिदै आएका छन् । त्यस्तो समस्या यो मार्ग निर्माणको क्रममा नदेखिएला भन्ने के ग्यारेण्टी छ ?

हामीले त्यसलाई सम्बोधन गरिसकेका छौ । पहिलो स्थानिय समुदायले यसलाई स्वीकार गरिसकेका छन् । हरेक घरधुरीबाट न्युनतम १० हजार लगानी छ । खसी बचेर पनि लगानी गरेका छन् । बाटो बनेपछि आफ्नो जीवनस्तरमा परिवर्तन हुन्छ भन्ने विश्वास छ ।

त्यस क्षेत्रका मानिसले नै ल यो बाटो बनाउँनुपर्छ भनेर हामीलाई परियोजनाको रुपमा अगाडि बढाउन प्रेरणा दिएका हुन् । हामी परियोजनामा लागानी गर्छौ भनेर गएका होइनौ । स्थानीयले नै स्वामित्व लिनुभएको छ, त्यसकारण पनि हामीलाई के विश्वास छ भने स्थानीयस्तरबाट यसमा कुनै त्यस्तोको खालको अवरोध आउने छैन । स्वकृति पनि पाइसकेपछि त अब जिम्मेवारी हाम्रो काँधमा आइसक्यो । अब सरकारलाई दोष दिने ठाउँ छैन । सरकारमात्र होइन राजनीतिक दल, स्थानीय जनता कसैलाई पनि दोष दिने ठाउँ छैन ।

मार्गमा पर्ने जग्गा मध्ये कति जति स्थानीयको अधिग्रहण गर्नुपर्ने देखिन्छ ? यसमा कुनै समस्या त आउँदैन नि ?

करिब ४० प्रतिशत भाग स्थानीयको जग्गामा मार्ग बनाउनुपर्छ । अहिले सम्मको स्थानीयको बोलीलाई आधार मान्ने हो भने कुनै समस्या पर्ने देखिदैन । हामीले स्थानीय सरोकार समितिमार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरेका छौ ।

स्थानीयको जग्गाको मुल्य चित्तबुझ्दो बनाउन नगरपालिका, गाविस लगायतले तोकेकोमा सरोकार समिति मार्फत उचित रुपमा मुल्य तोक्न भनेका छौ । अझ अर्को कुरा जग्गा बापत पाउने रकमको ७५ प्र्रतिशत रकम यदि इच्छा भएमा यहि परियोजनामा लागानीको लागि विकल्प पनि दिएका छौ ।

म सम्पूर्ण नेपालीलाई के भन्न चाहन्छु भने, अब काम गर्ने समय आएको छ । गफ गर्ने, आश्वासन दिने, बधाई दिने समय गयो । आर्थिक विकास विना कुनै पनि खालको आवश्यकता पूरा गर्न सकिदैन । राजनीतिलाई मात्र दोष दिएर पनि हुदैन । उनीहरुपनि अब विकासमा लाग्नुपर्छ भन्नेमा पुगिसके भनेपछि अब हामी सबैको विकास प्रति प्रतिबद्धता चाहियो । र आजैबाट काम गर्न सुरु गर्नु पयो ।

यो परियोजना समयमै सकिनेमा कति विश्वास गर्न सकिन्छ ?

५० किलोमिटरको बाटो धेरै लामो होइन । यसका लागि ४८ महिनाको समय पर्याप्त हो । हाम्रा नेपाली दाजुभाई विदेशमा १८ घण्टा काम गर्छन । आफ्नो देशमा यस्तो राम्रो परियोजना काम गर्न किन सक्दैन्न । नेपालीहरुलाई काम गर्ने ठाउँ चाहिएको छ । मेरो विचारमा हाम्रो व्यवस्थापनको टिम र यो परियोजना प्रतिको लगावका कारण यो समयमै सकिन्छ ।

तपाईलाई ठुलो जोखिम लिएको अनुभव हुदैन ?

जोखिम छ, अब जिन्दगीको सवाल छ, यो बन्यो भने हामी बन्छौ । जोखिम लिने मान्छे नै त उद्यमी हो ।

साभार: आउटलाइन समाचार सेवा


Related Documents:


Related Pictures:


Comments:

2017-03-23
Jazlyn, igfog2tud@hotmail.com

http://www.bornagainint.org/ http://www.dancefoxvalley.org/bjs-printable-coupons.html http://www.dancefoxvalley.org/amc-theaters-promotional-codes.html

2017-03-23
Nash, of9rulbv@hotmail.com

stuart weitzman promo code http://www.cvhscrosscountry.com/mavis-discount-tire-coupons.html college software discounts herff jones promo codes lagoon promo codes

2017-03-23
Jock, wi56f9zc7jc@hotmail.com

http://www.bornagainint.org/nabisco-coupons.html http://www.cvhscrosscountry.com/express-clothing-coupons.html ebbsfleet parking promotional codes http://www.bornagainint.org/venus-clothing-coupons.html era coupons

2017-03-23
Agatha, fyjdesoe0va@gmail.com

http://www.1102eastaustin.com/harbor-freight-discounts.html http://www.cvhscrosscountry.com/washington-post-discounts.html http://www.dancefoxvalley.org/tide-pod-coupons.html http://www.bornagainint.org/ columbia sportswear promotional codes

2017-03-23
Zavrina, fdiejucxsl@hotmail.com

http://www.1102eastaustin.com/promotional-codes-car-hire.html http://www.cvhscrosscountry.com/coupons-for-zappos.html http://www.1102eastaustin.com/buca-di-beppo-discounts.html

2017-03-22
Viki, z7zqc3v4@yahoo.com

ph hr discounts http://www.bornagainint.org/topman-promotional-codes.html anoro coupons pokemoncenter.com promo codes keystone lift tickets discounts

2017-03-22
Rowdy, jz1bojab@mail.com

http://www.1102eastaustin.com/ae-promotional-codes.html http://www.dancefoxvalley.org/promo-codes-for-country-door.html http://www.bornagainint.org/sky-zone-coupons.html

2017-03-22
Tassilyn, s1issum960@mail.com

http://www.cvhscrosscountry.com/ dominoes promotional codes csea union discounts future shop canada promotional codes

2017-03-22
Romby, yc8130vsc@mail.com

http://www.readysetgrow.org/apple-watch-discounts.html enterprise rentacar discounts http://www.readysetgrow.org/firehouse-subs-coupons.html http://www.readysetgrow.org/google-play-promo-code-generator.html

2017-03-22
Nikki, auf1oi6z8g@yahoo.com

belk coupons in store

Comments







Can't read the image? click here to refresh

Online Business Diary

Icon Soft Pvt. Ltd
Hetauda-10, TCN
Tel. : 057 - 527263 , 
Shrestha Electronics
Kantirajpath
Tel. : 057 - 523370 , 
Neplio Tech Pvt. Ltd.
Sanopokhara,Hetauda
Tel. : 057 - 524478 , 
NEPAL PURWADHAR BIKASH COMPANY LIMITED
2ND FLOOR, OM BHAWAN, KANTIRAJ PATH
Tel. : 057 - 527320 ,  527330
EASYTEC TRAVEL AND TOURS PVT LTD
HETAUDA 4 MAKWANPUR
Tel. : 057 - 525752 , 
more...
प्रहरी कन्ट्रोल - १००
जिल्ला ट्राफिक - ५२०५९९
पशुपतिनगर इलाका - ५२०५९८
भीमफेदी इलाका - ६९१४६२
चौघडा चौकी - ९८४५२७५४१५
पदमपोखरी चौकी - ९८४५०९९७८९
नेपाल रेडक्रस - ५२०७११, ९८४५०२८९५२
हेटौंडा अस्पताल - ५२०३०५
सहकारी अस्पताल - ५२३५८७
परिवार नियोजन संघ - ५२०७४५
मनहरी रेडक्रस - ९८४५१०५८२१
भीमफेदी रेडक्रस - ६२०६९९
हे.न.पा. - १०१

Message

    Welcome Message

    It is our glorious thing to inform you that we have started hetaudaonline since the beginning of the year 2058 and we have got a lot of progress in this website. Most of the people who are living in or outside the country are able to receive as more information as they want about this beautiful city Hetauda, Makwanpur through this website in which we have tried as much as we could.

Documents

Links

Audio

Play Archives

प्रस्तावित हेटौँडा-काठमाडौँ सुरुङमार्ग सम्बन्धमा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीसँग मकवानपुरको कुलेखानीमा गरिएको कुराकानी ।
>> more...
! Home ! Message ! Contact Us ! Feedback ! Email !
2296808 times visited.
Copyright © 2013 - All Rights Reserved !

Exclusive Solution Network

Hupra Chaur, Hetauda - 4
Phone: +00 977 (0) 522264, Mobile: 9845028275
URL: www.exnet.com.np, Email: info@exnet.com.np
Desing and Developed by