The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

सलमान अभिनित ‘ट्युबलाइट’का पाँच विशेषता


मनोरञ्जन 7 पटक पढिएको हेटौंडा अनलाइन २०७४ आषाढ १२ सोमबार


सलमान अभिनित ‘ट्युबलाइट’का पाँच विशेषता


आषाढ १२ सोमबार, हेटौंडा । अहिलेसम्मका सलमानका फिल्महरुमा भन्दा फरक भूमिका रहेकाले पनि यो फिल्म उनका लागि धेरै महत्वपूर्ण रहेको छ ।

कतिपयले ‘ट्युबलाइट’ र ‘बजरंगी भाइजान’मा सलमानको भूमिका उस्तै देखिने बताएपनि ट्यूबलाइटमा सलमानले अर्धपागल व्यक्तिको भूमिका निभाएका छन् ।शुक्रबार  रिलिज भएको यस फिल्मको लामो समयदेखि उनका फ्यानहरुले पर्खिरहेका थिए । यस्तैमा जानिराख्नुहोस् ट्यूबलाइटबारे यस्ता रोचक विशेषताहरु 

अर्धपागल सलमान

ट्यूबलाइट नामजस्तै यस फिल्ममा सलमान अलि सुस्त मनस्थितिका व्यक्तिको भुमिकामा देखिएका छन् । फिल्ममा उनको नाम लक्ष्मण सिंह हुन्छ तर अलि ढिलो दिमाग चलाउने हुनाले उनलाई सबैले ट्युबलाइट भन्दै बोलाउँछन् । अहिलेसम्म उनले खेलेका रोलहरुभन्दा भिन्न रहेको छ यो । बजरंगी भाइजानसँग कुनै कुनै ठाउँमा मेल खान गए पनि   यी दुवै फिल्महरु वास्तवमा भिन्दाभिन्दै रोल मा तयार  गरिएको छ । सलमानले बजरंगी भाइजानमा पनि सिधा र सोझो व्यक्तिको भूमिकामा देखा परेका थिए तर अर्धपागल भने थिएनन् ।

सलमान र सोहेलको भाइचारा

सलमान र सोहेलले यस भन्दाअघि पनि थुप्रै फिल्महरुमा सँगै काम गरिसकेका छन् । यस फिल्ममा पनि उनीहरु साथसाथ दाजुभाईको भूमिकामा देखा परेका छन् । फिल्ममा सोहेलको नाम भरत सिंह रहेको छ । सन् १९६२ मा भएको भारत(चीनको युद्ध लड्न जाने क्रममा सोहेल हराएका हुन्छन् । यसरी यस फिल्ममा सोहेल र सलमानबीचको सद्भावपूर्ण प्रेमलाई नै केन्द्रित गरिएको छ ।

कबिर खान र सलमान खानको पूर्णमिलाप

ट्यूबलाइटलाई निर्देशक कबिर खानले निर्देशन गरेका हुन् । उनलाई बलिउडका निकै समझदार निर्देशक रुपमा लिइन्छ। कबिर खान र सलमान खानको यो तेस्रो फिल्म हो । यसपछि उनी कट्रिना र सलमानसँग ‘टाइगर जिन्दा हें’ का लागि व्यस्त हुनेछन् । उनको फिल्म बजरंगी भाइजानले सलमानको एक्टिङ करिअरमा ठूलो प्रभाव पारेको थियो ।

चिनियाँ अभिनेत्री जूजू

बलिउड फिल्महरुमा यसअघि थुप्रै पाकिस्तानी कलाकारहरुले काम गरिसकेका छन् तर मुख्य अभिनेत्रीका रुपमा देखा परेकी  चिनियाँ कलाकारलाई खेलाइएको यो पहिलो पटक हो । अभिनेत्री जू जू ले मुख्य भूमिका निभाउने भएका कारण पनि उनको नाम फिल्म बन्नु धेरै अघि देखि नै चर्चामा थियो । उता चीनमा भारतीय फिल्महरुले निकै राम्रो व्यापार गरेकाले पनि आर्थिक हिसाबले जूजू लाई लिनु निकै फाइदाजनक रहन सक्नेछ ।

शाहरुख सलमानको जादू

ट्यूबलाइटमा शाहरुख खान पनि अतिथि कलाकारको रुपमा खेल्ने भन्ने खबरले ट्यूबलाइटको चर्चालाई दुई गुणाले बढाएको थियो । लामो समयको अन्तरालपछि ट्यूबलाइटमा हामीले शाहरुख र सलमानलाई एउटै पर्दामा सँगै देखिन्छन 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13009412 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top