Hetauda Online - कागती पानी पिउनुको फाइदा
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

कागती पानी पिउनुको फाइदा


शिक्षा/स्वास्थ्य 1 पटक पढिएको जेष्ठ २२ सोमबार, हेटौंडा । २०७४ जेष्ठ २२ सोमबार


कागती पानी पिउनुको फाइदा


हेटौंडा अनलाइन भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फुर्ति बढ्छ ।

कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ । 

१. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । 

२. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । 

३. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । 

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । 

५. कागती पानीले पाचनमा सहयोग पुग्छ । 

६. कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । 

७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । 

८. रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । 

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । 

१०. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । 

११. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । 

१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । 

१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । एजेन्सी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

लोकप्रिय



12814645 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top