Hetauda Online - सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।


सूचना/जानकारी 251 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०२ सोमबार


सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।


श्रावन ०२ सोमबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, अशक्त अपाङ्गता, दलित वालवालिकाहरुको आ.व. २०७३/२०७४ को तेश्रो किस्ता (२०७३ चैत्र देखि ०७४ अषाढ सम्मको) सामाजिक सुरक्षा भत्ता यहि मिति २०७४।०४।०५ गते देखि वितरण हुन गईरहेकोले खाता अध्यावधिक गरेका लाभग्राहीहरुले कृषि विकास बैंक, हेटौंडा १० तथा कान्तिराजपथ वा सिविएस लागु भएका कृषि विकास बैंकको कुनैपनि शाखाबाट भत्ता लिन सकिने भएको हुंदा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरुले बैंकमा गई देहायका मितिमा भत्ता रकम लिन जानुहुन हेटौंडा उपमहानगरपालिका हार्दिक अनुरोध गर्दछ ।

सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्ने मिति

देहायः

साविक १ नं. वडा                  मिति २०७४  श्रावण   ५ गते

साविक २ र ३ नं वडा             मिति २०७४  श्रावण   ६ र ८  गते

४ नं वडा                             मिति २०७४  श्रावण   ९  गते

५ नं वडा                             मिति २०७४  श्रावण   १० गते

६ नं वडा                             मिति २०७४  श्रावण   ११ गते

७ नं वडा                             मिति २०७४  श्रावण   १२ गते

८ नं वडा                             मिति २०७४  श्रावण   १५ गते

९ नं वडा                             मिति २०७४  श्रावण   १६ गते

१० नं वडा                           मिति २०७४  श्रावण   १७ गते

११ नं वडा                            मिति २०७४  श्रावण   १८  गते





कमेन्टसहरु



लोकप्रिय



12814671 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top